इन्जिनीयर साह रङ्गेहात पक्राउ

इन्जिनीयर साह रङ्गेहात पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण २६, २०७७

बुटवल । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजार रुपैयाँको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको आयोगले आज जनाएको छ ।