रावाबैंक तुम्लिङटारमा एक्सटेन्सन काउन्टर

रावाबैंक तुम्लिङटारमा एक्सटेन्सन काउन्टर

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २६, २०७७

सङ्खुवासाभा । सङ्खुवासाभामा राष्ट्रिय वाणिज्य बैंकले खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरेको छ । साउन २२ देखि यो सेवा शुरु गरिएको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले बताउनुभयो । विशेष गरेर भोजपुरको उत्तरी क्षेत्रका पाँचखपन, धर्मदेवी र चैनपुर नगरपालिका तथा तुम्लिङटारका स्थानीयवासीले यहाँबाट सेवा लिने रायमाझीले बताउनुभयो । 

वाणिज्य बैंकमा कारोबार गर्न सदरमुकाम नै धाउनुपर्ने गुनासो स्थानीयवासीले गरेपछि एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरिएको हो । यो काउन्टरबाट नगद जम्मा, भुक्तानी, पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलबलगायत सेवा उपलब्ध हुनेछ ।