पोखरा चेम्बरको पर्यटन विभाग गठन

पोखरा चेम्बरको पर्यटन विभाग गठन

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण २७, २०७७

पोखरा । पर्यटन व्यवसायीहरुको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत पर्यटन विभागको गठन गरेको छ । विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी र कोषाध्यक्षमा रवि आचार्य रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा दीपकप्रसाद सापकोटा रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला चुनिनुभएको छ । विभागको सल्लाहकारमा दिल गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी रहनुभएको छ । 

पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्नका लागि तीन तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । चेम्बरको मागअनुसार मौद्रिक नीतिमा पर्यटन क्षेत्रलाई पुनर्कर्जा र सहुलियत कोषको जानकारी दिँदै उहाँले सुनारले बैंक तथा वित्तीय संस्थाले ब्याजमा छुट नदिए कार्यान्वयनका लागि चेम्बरले दबाब र पहलकदमी चाल्ने उल्लेख गर्नुभयो ।