सुन ताेलामा ८ सयले घट्याे

सुन ताेलामा ८ सयले घट्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २७, २०७७

काठमाडौँ । हिजाे (सोमबार साउन २६ गते)  दुई सय रुपैयाँले घटेर एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट आई एक लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुन एक लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य ४० रुपैयाँले बढेर एक हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।