प्रहरीको ७२ घण्टे अनुसन्धान : हत्याकाे कारण यौन हिंसा कि बुटिक समूहको मोटो रकम ?

प्रहरीको ७२ घण्टे अनुसन्धान : हत्याकाे कारण यौन हिंसा कि बुटिक समूहको मोटो रकम ?

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २७, २०७७

काठमाडौँ । भनिन्छ,मानवीय स्वभाव हेर्ने हो भने महिलाहरू निकै भावुक र शान्त हुन्छन् । शान्त तलाउमा ढुङ्गा हान्यो भने त्यसको तरङ्ग टाढा टाढा सम्म फैलिन्छ । एउटी  'क्रूर महिला'ले गरेको अपराधका कारण शान्त रहेका महिलाहरू समेत तरङ्गित  हुनुपर्ने अवस्था सृजना भएको छ ।  उनीहरूको स्वभावलाई अपराधजन्य घट्नासँग दाँज्ने भन्दा पनि यो क्रूरतापूर्ण हत्या कसरी हुन गयो भन्नेमा कौतुहलता  चैँ पक्के उत्पन्न  गरिदिएको छ । 

घटनाक्रम यसरी सुरु हुन्छ आइतबार बिहानै गंगबु क्षेत्रका सर्वसाधारणले शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गर्छन् । जब बिहानै घटनास्थलमा प्रहरी पुग्छ त्यहाँ देखिन्छ सुटकेसभित्र हात खुट्टा काटिएको अवस्थामा टाउको विनाको एक पुरुषको शरीर ।  सुटकेस खोलेर हेर्दा घटना आलै जस्तो देखिए पनि त्यसको टाउको भने फेला नपरेपछि प्रहरीलाई अनुसन्धान गर्न कठिन भयो । शरीर भेटिएको एक सय मिटर टाढा टाउको भेटिन्छ र त्यो टाउको भेटिएको स्थान पत्ता लगाउने नेपाल प्रहरीको जोजो नाम गरेको प्रहरी हुन्छ । प्रहरीले पनि सो घट्नालाई जोजो अनुसन्धान नाम दिएर अनुसन्धान प्रक्रिया अघि बढाउँछ । 

लगानी गर्नेहरु एक दर्जन मानिसहरु परिवारकाे सम्पर्कमा  आएकाे बताइएको छ ।  लगानीकर्ताहरुकाे दबाबमा मृतक बोहोरा विगत छ महिनादेखि रकम उठाउनकाे लागि गेष्टहासउ बस्दै  आएको समेत दाङबाट प्राप्त समाचारमा उल्लेख  छ । केही दिनमा नै बाेहाेरालाई रकम  दिनेहरुले प्रमाणसिहत सर्वजनिक गर्ने तयरी भइरहेकाेकाे कुरा प्राप्त समाचारमा उल्लेख छ ।

टाउको भेटिएपछि भने प्रहरीलाई सनाखत गर्न  अनुसन्धान गर्न सहज हुन्छ  । सोमबार बिहान शव सनाखत भएसँगै प्रहरीले हत्या भएको घर पत्ता लगायो र त्यसको केही मिनेटमै प्रहरीले चितवनबाट आफूलाई कल्पना शाही, कमला पौडेल र कल्पना मुडवरी तीन वटा नामले चिनाउने कल्पना मुडवरीलाई प्रहरी पक्राउ गरेर काठमाडौँ ल्यायो ।

 महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवन प्रहरीको सहयोगमा साँझ कल्पनालाई पक्राउ गरेपछि मात्रै दाङका पुरुष कृष्णबहादुर बोहराको हत्या उनै कल्पनाले गरेकी हुन भनेर एकिन भयो । तर यति क्रूर हत्यामा उनी कसरी संलग्न भइन ?  प्रहरीले उनलाई मात्र विश्वास गर्ने आधार थिएन । उनी बाहेक अन्य कोही व्यक्तिको पनि संलग्नता पनि छ कि ? भनेर खोजी गर्‍यो ।  तर उनले आफूलाई फेसबुक आइडी बनाएर अश्लील फोटो पठाउने र अनेक दुःख दिने गरेका कारण कोठामा बोलाई  बियरमा सिल पिङ ट्याब्लेट राखेर खुवाई बेहोस बनाएपछि हथौडाले अण्डकोषमा हानेर हत्या गरेको बयान दिइन । प्रहरीले त्यस विषयमा पनि अनुसन्धानलाई जारी राखेको बत्तायो । अन्नत अन्तिम निष्कर्ष पनि त्यही निस्कियो कि कल्पनाले नै पुरुषको हत्या गरेर फ्याकेकी हुन् । 

प्रहरीका अनुसार सुरुमा उनले अण्डकोषमा हथौडाले हानेर हत्या गरिन । त्यसपछि हात खुट्टा काटेको र टाउको काटेर शव नजिकै लगेर फ्याकेको बयान दिएकी दिइन । प्रहरीका अनुसार सुरुमा उनले दही खुवाएकी थिइन । दहीमा  ५ वटा सिल्पीङ ट्यालेट राखेर खुवाएकी थिइन । त्यसपछि बियर खुवाएको र भोड्का पनि सोही औषधि खुवाए पनि उनी होस विहीन भएपछि घाँटीमा समातेर अण्डाकोमा प्रहार गरेकी थिइन । हत्यापछि शव लुकाउनलाई उनले टाउको र शरीर टुक्रा पारेकी थिइन् । शव व्यवस्थापनका लागि टाउको र खुट्टा काटेर झोलामा हालेर फ्याकेको बयान दिएकी छिन् । ‘दहीमा औषधि हालेर बेहोस बनाएको र अण्डाकोमा घाटीमा हथौडा लगाएका धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ’, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवालीले भने । 

उनका अनुसार हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेको, टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर लगेको र त्यसका लागि आफ्नी छोरीले सहयोग गरेको बताएकी छिन् ।  त्यसपछि कोठामा आएर टाउको र खुट्टा भएको प्लास्टिक बोकेर  बाहिर गएको र त्यहाँबाट चितवनमा रहेका भिनाजुलाई बोलाएर एम्बुलेन्स चढेर माइत गएकी थिइन । 

महानगरीय प्रहरी अपराध महाशाखाले चितवनबाट काठमाडौँ ल्याएपछि उनलाई आज महानगरीय प्रहरी परिसर काठमाडौँमा सार्वजनिक गरिएको छ । बोहराको हत्यापछि उनले चितवनमा रहेका एम्बुलेन्स चालक भिनाजुलाई बोलाएर चितवन भागेकी हुन् । ३७ वर्षीय कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको भिनाजु एम्बुलेन्स लिएर काठमाडौँ आएको प्रहरीले दावी गरेको छ । घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँले संयुक्त अनुसन्धान गरेका थिए । प्रहरीले यो घटना थाह पाएको करिब ७२ घण्टामै अनुसन्धान टुङ्गिएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबिच चार पाँच वर्ष पहिलाबाटै चिनाजान रहेको जानकारी  दिएको छ । यसरी प्रहरी घटना भएको करिब ७२ घण्टामै अनुसन्धान सकाएको  जानकारी  दिए पनि राेल्पाकाे रुम्टीगढी -७मा बस्ने मृतक बोहोरा र कल्पनाको बुटिक समूहमा ठुलो कारोबार भएको  विषयमा प्रहरीको  अनुसन्धान नगएको बताइदैछ । दाङबाट विभिन्न एक दर्जन व्यक्तिहरुसँग पचासाै‌ं लाख  लिएर कल्पनाको बुटिक समूहमा लगानी गरेकाे बुझिएकाे छ । यसरी लगानी गर्नेहरु एक दर्जन मानिसहरु परिवारकाे सम्पर्कमा  आएकाे बताइएको छ ।  लगानीकर्ताहरुकाे दबाबमा मृतक बोहोरा विगत छ महिनादेखि रकम उठाउनकाे लागि गेष्टहासउ बस्दै  आएको समेत दाङबाट प्राप्त समाचारमा उल्लेख  छ । केही दिनमा नै बाेहाेरालाई रकम  दिनेहरुले प्रमाणसिहत सर्वजनिक गर्ने तयरी भइरहेकाेकाे कुरा प्राप्त समाचारमा उल्लेख छ ।

यसरी क्रूरतापूर्ण हत्या गर्न एक्लै असम्भव  हुनुका साथै  ठुलो समूहको हात रहेको  र  यौनहिंसा, भवितव्यमा एकजनामात्र जेल जाने पूर्व योजना अनुसार नै  कल्पनालाई अपराध  स्वीकार गर्न   उक्त अपराधिक समूहले लगाएको तर प्रहरीले  भने  यतीकै अनुसन्धान टुङ्ग्याउने तयरी थालेकाे छ ।