सफ्ट अंग्रेजी गीतहरुको प्रतियोगिताको टप १० प्रतिस्पर्धी छनौटकाे अन्तिम तयारी

सफ्ट अंग्रेजी गीतहरुको प्रतियोगिताको टप १० प्रतिस्पर्धी छनौटकाे अन्तिम तयारी

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण २८, २०७७

ललितपुर । डिशहोमले सुरु गरेको डिजिटल Retro English सांगीतिक प्रतियोगिता The Strings को पहिलो राउण्ड सम्पन्न भएको जानकारी  दिइएको छ ।

डिशहोमका अनुसार पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाउनु भएको छ । तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु भएको थियो  । छिटै सम्पुर्ण सहभागीहरु मध्य बाट १० जना छनौट हुँदैछन् ।

अव यो सांगीतिक प्रतियोगीताको दोस्रो चरणमा प्रवेश गर्ने तयारी भइरहेकाे र सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनौट गरिने समेत डिशहोमले जनाएको छ । उत्कृष्ट १० जना छनौटका लागि  निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला लाई  जिम्मेवारी दिइएको छ । 

 दोस्रो चरणमा पुग्ने प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट  प्रस्तुती देखाउनु पर्ने डिशहोमले भनेकाे छ । 

विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दश सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ भने यस प्रतियोगीतामा सहभागीहुन ईच्छुक तर कारणवस सहभागीता जनाउन सक्नुभएको छैन भने विभिन्न समयमा डिशहोमले संचालन गर्ने Quiz, Games हरु मार्फत डिशहोमसँग जोडिन डिशहोमले आग्रह गरेको छ ।