युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छ : मन्त्री दुलाल

युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छ : मन्त्री दुलाल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २८, २०७७

वागमती । वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाहरूले साझा प्रतिबद्धताका साथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस, २०२० को अवसरमा आज जारी एक सन्देशमा मन्त्री दुलालले सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिबद्धताकासाथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नुभएको हो । 

मन्त्री दुलालले 'युथ इन्गेजमेन्ट फर ग्लोबल एक्सन' नारासहित मनाउन लागिएको युवा दिवस नाराको भावअनुसार मनाउन आग्रह गर्नुभएको छ । 'स्थानीय स्तरदेखि राष्ट्रिय हुँदै विश्वस्तरमा नीति, कानून निर्माणदेखि कार्यन्वयन गर्ने जिम्मेवारीसम्ममा युवाहरूको सार्थक र सक्रिय भूमिका अभिवृद्धि हुनुपर्छ भन्ने नाराको भाव हो', मन्त्री दुलालले सन्देशमा उल्लेख गर्नुभएको छ । 

'आउनुहोस्, हामी सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिवद्धताका साथ राष्ट्र निर्माणमा जुटौँ' मन्त्री दुलालले सन्देशमार्फत भन्नुभएको छ ।