सुनकाे मूल्य एकैदिन ६ हजार २०० रुपैयाँले घट्याे

सुनकाे मूल्य एकैदिन ६ हजार २०० रुपैयाँले घट्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २८, २०७७

काठमाडाै‌ं । नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार २०० रुपैयाँले घटेको छ ।
 
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँ ले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ निर्धारण गरिएको छ ।
 
मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँ पुगेको थियो । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको थियो ।
 
अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ ।  प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँस एक हजार ८९०.५५ डलरमा झरेको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताउनुभयो । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको  उहाँको भनाइ थियो ।