टिप्पणीको के काम ?

टिप्पणीको के काम ?

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ९, २०७५

लोकसंवाद अनलाइनमा यदाकदा समाचारमाथि टिप्पणी लेख्ने काम गर्दै आइरहेकोमा अब यसको आवश्यकता एवम् औचित्य नै नरहेको अन्तर्देशिय परिस्थिति विकास भएका छन् । 

मुलुकभरी भइरहेका घटनाक्रम आफैमा समाचार मात्रै होइनन् देशको सर्वाङ्गिण तस्बिर नै हुन् । यी समाचारमाथि टिप्पणी लेख्ने आवश्यकता नै छैन ।

शुक्रबारकै समाचार पत्रहरुका अनुहार हेरौ– नयाँ पत्रिका दैनिकले मुख्य समाचारको शिर्षक राखेको छ, ‘विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा’ यस समाचारमा कुनै टिकाटिप्पणी आवश्यक छ र ?

मेडिकल कलेजले लिएकोे अवैध शुल्क एक महिना भित्र फिर्ता गर्ने सहभति ?

यो हो देशको अवस्था ! विद्याको मन्दिर भनिने प्रतिष्ठानहरु नै ठगिमा लिप्त÷अवैध शुल्क फिर्ताको अनुगमन गर्नका लागि विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालकबाट प्रतिनिधि, मेडिकल काउन्सिलको प्रतिनिधि साथै मन्त्रालयबाट प्रतिनिधि रहेको टोलीले अनुगमन गर्ने ।

यस्ता कलेज बन्द गर्ने निर्णय गरे कसो होला ?

डा. गोविन्द केसीले फेरी अनशन बस्ने चतावनी जारि गरे । बस्दै गर अनशन डा. केसी ।

प्रधानमन्त्रीले विद्युत आयोजनाको शेयर किन्ने ।

पुलमाथि ब्याङ्गे गर्दै रहेको आजको कार्टुनले देशभरिमा भइरहेका पुलको निर्माण बारेमा वास्तविकता वयान गरिरहेको छ । यस सम्बन्धी मन्त्रीले भने म कारबाही गर्नु भने कडा अडान लिनु भएको छ ।