ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ

ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण २९, २०७७

काठमाडौँ । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि –८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो । 

अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि ९ १५ विष्णुदेवी घर भएका बा २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णुबहादुर श्रेष्ठलाई ढुङ्गा तथा इँटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 

घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास उक्त घटनापश्चात फरार थिए । उदासलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको वृत्तले जनाएको छ ।