चेन्नई र बेंग्लौरमा को बलियो ?

चेन्नई र बेंग्लौरमा को बलियो ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ९, २०७५

काठमाडौं । आइपिएलको १२ औं संस्करणको उद्घाटन खेल आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लौरबीच हुँदैछ । यी दुवै टिमलाई यस पटकको दाबेदार मानिएको छ । यद्यपि, यी दुईमा को टिम बलियो छ त ? 

आइपिएलमा खेल नतिजालाई आधार मान्ने हो भने चेन्नई बलियो देखिएको छ । आइपिएलअन्र्तगत यी दुई टिमबीच भएका २२ खेलमध्ये १४ खेलमा चेन्नई विजयी भएको थियो । सात खेलमा नतिजा मात्रै बैंग्लौरको पक्षमा थियो । एक खेल भने अनिर्णित भएको थियो । 

त्यति मात्रै होइन, चेन्नईले अहिलेसम्म तीन पटक आइपिएलको उपाधि जितिसकेको छ । चेन्नई सन् २०१०, २०११ र २०१८ को च्याम्पियन टिम हो । 

उता बेंग्लौरले अझैसम्म आइपिएल उपाधि जित्न सकेको छैन । यद्यपि, तीन पटक फाइनल भने पुगिसकेको छ ।  टिम राम्रो भए पनि उपाधि नजितेकाले यसलाई ‘अनलक्की’ टिम पनि भनिन्छ । 

आजको उद्घाटन खेलमा दुवै टिम आ–आफ्नो पक्षमा नतिजा पार्ने दाउमा हुनेछन् ।