नेकपाद्वारा स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण

नेकपाद्वारा स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २९, २०७७

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले बुधबार सङ्क्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । सङ्क्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । 

यसैगरी घरेलु औषधि गुर्जो, दालचिनी, अदुवा, बेसार वितरण गर्नुका साथै सङ्क्रमित बसेको घरलाई निर्मलीकरण गरिएको उहाँले बताउनुभयो । विराटनगर–८ मा १७ जना सङ्क्रमित होमआइसोलेसनमा रहेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइञ्चार्ज सरस्वती ओझाले बताउनुभयो । स्वास्थ्य सामग्री र घरेलु औषधि वडाकमिटी सदस्य भुवन राजवंशी, पवित्रा रायलगायतले वितरण गर्नुभएको थियो ।