अवैध रुपमा ल्याउँदै गरेको सामान बरामद

अवैध रुपमा ल्याउँदै गरेको सामान बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण २९, २०७७

रुपन्देही । मायादेवी गाउँपालिका-४ बाट लु.१ च ७१६८ नम्बरको बलेरो जिपमा अवैध रुपमा ल्याउँदै गरेको ३ कार्टुन चप्पल, ३ बोरा तामाको प्लेट र ३७ थान फलामको मूर्तिमा पहेँलो जलप लगाएको विभिन्न भगवानको मूर्ति समेत गरी करिब २ लाख रुपैयाँ बराबरको सामान बुधबार साँझ प्रहरीले बरामद गरेको छ । 

प्रहरी बिट गल्लामण्डीबाट खटिएको प्रहरीले उक्त गाडी र चालक समेतलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।