सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २९, २०७७

काठमाडौं । मुगु, छायाँनाथ रारा नगरपालिका-३ स्थित निगालपानीमा क.१ ज ३२ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार छायाँनाथ रारा नगरपालिका-१३ बस्ने १८ वर्षीय धरमलाल लावदको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला स्वास्थ्य कार्यालय मुगुमा उपचार भइरहेको छ भने अन्य ८ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । 

रुपन्देही, रोहिणी गाउँपालिका-३ रामनगरस्थित सडकमा लु.१ त ८४४४ नम्बरको ट्रयाक्टरमा लु.२२ प ६३६८ नम्बरको मोटरसाइकल आँफै ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा चालक रोहिणी गाउँपालिका-३ लक्ष्मीनगर बस्ने ३० वर्षीय सुग्रीब चाँईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।