नगद एक लाखसहित १७ जुवाडे पक्राउ

नगद  एक लाखसहित १७ जुवाडे पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ३०, २०७७

पोखरा । प्रहरीले पोखरा महानगरपालिका–१० मिलनटोलबाट जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको छ । मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेराकोठामा अवैधरुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय रामबजार खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलीरहेको अवस्थामा फेलापारि खानतलासी गर्दा रु एक लाख दुई हजार ४९० र २२४ पत्ती तास फेला प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो । पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर ९जुवा० अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट बिहीबार सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।