घुस लिएको आरोपमा १४ पक्राउ

घुस लिएको आरोपमा १४ पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ३०, २०७७

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७६/०७७ मा १४ जनालाई रङ्गेहात पक्राउ गरेको छ । अघिल्लो आवमा चार जनालाई रङ्गेहात पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ ।

कार्यालय सुर्खेतले एक वर्षको अवधिमा  १३ लाख ४१ हजार घुस बरामद गरेको छ । आव २०७६/०७७ मा सो रकम घुस बरामद गरेको कार्यालयले जनाएको छ । यो रकम अघिल्लो आवको भन्दा बढी हो । आव २०७५/०७६ मा चार लाख ४७ हजार रकम घुस बरामद गरेको थियो ।