बेहोसी मान्छेको जीवन

बेहोसी मान्छेको जीवन

ईश्वरी सत्यम  |  साहित्य  |  श्रावण ३०, २०७७

लामो लामो यात्रामा
कसैलाई भेट्न हो कि ?
संस्कार कटाउन
मान्छेहरू दगुरी रहेछन्
समय आफ्नै रफ्तारमा बित्छ
फुर्सत छैन कसैलाई
विचार मन्थनमा जुट्न
तछाड मछाडको होडमा
खोज आविष्कार भन्दै
अरु ग्रहमा पुग्ने जम्का भेट पहिला हुन
चाहिने ठाउँमा पुग्छ पुग्दैन
चलिरहेछ महत्वकाक्षी योजना
जीवनको क्षण पला पला भै बित्दैछ पत्तै छैन
बालक बनेर सुरु भएको जीवन
यौवन अहंकरमै बित्यो
बृद्धावश्था दोस्रो बालक सरी बनिसक्यो
धेरै वर्ष बिते भुल भुलायैमा
बिउँझन अबेर हुँदा
पछुतो हात पार्दै
बित्छ बेहोसी मान्छेको जीवन