तिमी कता हरायौ

तिमी कता हरायौ

योगी कुलचन्द्र  |  साहित्य  |  श्रावण ३०, २०७७

तिमी कता हरायौ
म त यतै नै छु
समयले जहाँ पुर्‍यायनी
जहाँ रहे भएनी, मनमा
तिम्रो साथै सदा छु
तिमी कता हरायौं .....

समयले कता पुर्‍यायो
हाम्रो मिलन समयले  जुरायो
हाम्रो भरोसा भगवानले दिलायो
आज फेरी कता हरायौं .... 

खोज्दा खोज्दा कता पुर्‍यायो
कहाँ थियौं समय हामीबाट
टाढा टाढा, माया गाढा बनाई
कता हरायौं आज सम्जझना धेर भो ... 

समयसँगै माया झन गाढा टाढा भो
यो जीवन जन्म मृत्य वीचको बाँच्ने चाहना
तिमीसँगै हाँस्ने खेल्ने बाँच्ने छ, रहर वहाना
अधुरै भो समयले पर्खेन, बुझेन, चिनेन
आज आफ्नै आफ्नो भन्ने केही रहेन