खोलामा डुबेर एकको मृत्यु

खोलामा डुबेर एकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ३२, २०७७

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 
राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।  उनको उपचारका क्रममा साँझ ५:०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।