लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान

लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण ३२, २०७७

लुम्बिनी लुम्बिनी । विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९  सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ ।  कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय भाषामा समेत  प्रवाह गर्न थालेको हो ।
    
कोषले यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोभिड –१९ कोषमा रु १५ लाख आर्थिक सहयोगसमेत गरेको थियो । कोभिड –१९ को प्रकोप फैलिएसंँगै यतिबेला लुम्बिनीको स्थलगत अवलोकनमा रोक लगाइएको छ