विराटनगरमा थप ४३ सङ्क्रमित

विराटनगरमा थप ४३ सङ्क्रमित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण ३२, २०७७

विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् ।

महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । 

सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ÷छ जना , विराटनगर २ र ५ का चार /चार जना, विराटनगर ४ का तीन जना र  विराटनगर ८ का एक जना रहेका छन् ।
    
यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ  भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।