काठमाडौंमा १७२ जनामा कोरोना

काठमाडौंमा १७२ जनामा कोरोना

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण ३२, २०७७

काठमाडौं । आज (साउन ३२ गते आइतबार) काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना देखिएको छ । जसमा काठमाडौंका १२६, ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन् ।

आइतबार नेपालमा ६४१ नामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १३४ जना कोरोना संक्रमण मुक्त धएका छन् यो संगै कोरोना निकोहुनेको संख्या १७ हजार ३३५ पुगेको छ । ९ हजार २२१ जना सक्रिय संक्रमित रहेका छन । ८ हजार ७२४ जना आइसोलोसनमा रहेका छन ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला मन्त्रालयले अनिवार्य काम बाहेक बाहिर ननिस्किन सबैमा अनुरोध गरेको छ ।