माईट्रल स्टेनोसिस अर्थात् मुटुको भाल्भ साँगुरो हुने रोग : लाग्ने कारणदेखि उपचारसम्म

 मानिसको मुटुमा चारवटा भाल्भहरु हुन्छन् । बायाँ तल्लो हृदय कक्षबाट एवर्टा नामक महाधमनीमा जाने रगतलाई नियन्त्रण गर्न एवर्टिक भाल्भ हुन्छ भने दाँया तिरको तल्लो हृदय कक्षबाट पल्मोनरी आर्टरीमा जाने रगतलाई नियन्त्रण गर्न पल्मोनरी भाल्भ हुन्छ । दाँया एट्रियमबाट दाँया भेन्ट्रीकलमा जाने रगतलाई नियन्त्रण गर्न ट्राइकस्पिड भाल्भ हुन्छ भने बायाँ एट्रियमबाट बायाँ भेन्ट्रिकलमा जाने रगतलाई माईट्रल भाल्भले नियन्त्रण गर्छ । 

यो लेखमा साँगुरो माईट्रल भाल्भको विषयमा जानकारी गराउने प्रयत्न गरिने छ । स्ट्रेप्टोकोकस नामक जिवाँणुद्वारा घाँटीमा संक्रमण भएको करिब तीन हप्ता पछि प्राय गरेर  प्रतिशत केटाकेटीहरुलाई रुमाटिक फिबर हुने गर्छ । रुमाटीक फिबरमा जोर्नी दुखेर सुन्निने मुख्य लक्षण हो । रुमाटिक फिबरमा माईट्रल र एवर्टिक भाल्भ प्रभावित भएर यी भाल्भहरु साँगुरिन्छन र साथ साथै रगत चुहिने पनि गर्छ । रुमाटिक फिबरमा माईट्रल भाल्भ प्रभावित भएर साँगुरो हुन्छ र यसलाई माईट्रल स्टेनोसिस भनिन्छ ।

साँगुरिएको माईट्रल भाल्भबाट रगत निस्कदा उत्पन्न हुने विभिन्न किसिमका आवाजहरुलाई स्टेथसकोपद्वारा सुनेर चिकित्सकहरुले माईट्रल स्टेनोसिसको निदान गर्न सक्छन् । माईट्रल स्टेनोसिसमा वाँया पट्टिको छातिमा छाम्दा अनुभव हुने आवाजलाई डायस्टोलिक थ्रिल भनिन्छ । स्टेथस्कोपबाट डायष्टोलिक मरमर र ओपनिङ स्नाप सुन्न सकिन्छ । लामो डायष्टोलिक मरमरले माईट्रल स्टेनोसिस गम्भिर भएको संकेत गर्छ । Corvisart नेपोलियनका चिकित्सक थिए । यिनैले माईट्रल स्टेनोसिसमा पाईने थ्रिलको सबभन्दा पहिले वर्णन गरेको पाईन्छ ।

मुटुबाट उत्पन्न हुने आवाजलाई पहिलो, दोस्रो, तेस्रो र चौंथो हार्ट साउण्डमा विभाजन गरिएको छ । पहिलो हार्ट साउण्ड माईट्रल र ट्राईकस्पिड भाल्भ बन्द हुँदा उत्पन्न हुन्छ भने एवर्टिक भाल्भ र पल्मोनरी भाल्भ बन्द हुँदा दोस्रो हार्ट साउण्ड उत्पन्न हुन्छ । छातिको माथिल्लो दाँया भागलाई एवर्टिक एरिया र बायाँ भागलाई पल्मोनरी एरिया भनिन्छ । छातीको तल्लो वाँया भागलाई माईट्रल एरिया भनिन्छ । प्रायगरेर माईट्रल एरियामा सुनिने पहिलो हार्ट साउण्ड भन्दा एवर्टिक एरियामा सुनिने दाेस्रो हार्ट साउण्ड ठूलो आवाजको हुन्छ । माईट्रल स्टेनोसिसमा माईट्रल एरियामा पहिलो हार्ट साउण्ड एवर्टिक एरियाको दोस्रो साउण्ड भन्दा ठूलो आवाजको हुन्छ ।

गर्भावस्थामा माईट्रल भाल्भ साँगुरिएको, मुटुका कक्षहरुको अवस्था र पल्मोनरी आर्टरी प्रेसर थाहा पाउँन एकोकार्डियोग्राफि गराउन सकिन्छ । ईसीजीद्वारा एट्रियल फिव्रिलेसन नामक हृदय गतिको रोग भएको थाहा पाउन सकिन्छ । एट्रियल फिव्रिलेसन भएर मुटुको चाल बढेको पाइयो भने सास फेर्न गाह्रो हुने लक्षण देखा पर्न सक्छ । मुटुको धड्कन नियन्त्रण गर्न बिटाल्बकर समूहका ओखतीहरु प्रयोग गर्ने सल्लाहा दिइन्छ । भेरापामिल, डिल्टायजेम अथवा डिजोक्सिनलाई पनि प्रयोग गर्न सकिन्छ ।

माईट्रल स्टेनोसिस मात्र भएका बिरामीहरुमा तेस्रो र चौंथो हार्ट साउण्ड सुनिदैंन । माथि उल्लेख गरिएको ओपनिङस्नाप मुटुको दोस्रो साउण्ड पछि सुनिन्छ । दोस्रो हार्ट साउण्ड र ओपनिङस्नापको दुरी जति छोटो भयो त्यत्ति माईट्रल स्टेनोसि गम्भिर खालको मानिन्छ । माईट्रल स्टेनोसिस कडा भएको कुरा लामो डायस्टोलिक मरमरले पनि संकेत गर्छ ।

सामान्यतया स्वस्थ मानिसको माईट्रल भाल्भ एरिया ४–६ वर्ग सेन्टिमिटर हुन्छ । रुमाटिक रोगबाट प्रभावित माईट्रल भाल्भ धेरै साँगुरो हुँदा हिड्दा सास फेर्न गाह्रो हुन्छ । १.५ वर्ग सेन्टिमिटर देखि २ वर्ग सेन्टिमिटर भएको माईट्रल स्टेनोसिसलाई अलिकति साँगुरिएको (Mild Mitral Stenosis) मानिन्छ । १.५ वर्ग सेन्टिमिटर भन्दा कम साँगुरो माईट्रल भाल्भलाई गम्भिर किसिम को (Severe Mitral Stenosis)र १ वर्ग सेन्टिमिटर भन्दा कम एरिया भएको माईट्रल भाल्भलाई धेरै गम्भिर खालको (Very Severe Mitral Stenosis) माईट्रल स्टेनोसिस मानिएको छ । 

माईट्रल भाल्भमा क्याल्सियम जमेको, माईट्रल भाल्भ साँगुरो भएको, वाँया एट्रियम र दाँया भेन्ट्रिकल ठूला भएका, पल्मोनरी आर्टरी प्रेसर बढेको, माईट्रल, ट्राईकास्पिड र पल्मोनरी भाल्भहरु चुहिएको (Regurgitation) अवस्था एकोकार्डियोग्राफी प्रविधिबाट पत्ता लगाउन सकिन्छ । वाँया एट्रियममा रगत जमेर हुने अवस्था पनि (Left atrial Thrombosis)  एकोकार्डियोग्राफीद्वारा निदान गर्न सकिन्छ । मुटुका भाल्भहरुको निदानमा एकोकार्डियोग्राफीको ठूलो महत्व छ । 

एलेक्ट्राकार्डियोग्राफिले माईट्रल स्टेनोसिसमा वाँया एट्रियम र दाँया भेन्ट्रिकलको सूजन देखाउँछ । माईट्रल स्टेनोसिस भएका बिरामीहरुको हृदयगतिमा गडबडी हुन सक्छ । एट्रियल फिब्रिलेसन नामक हृदयगतिको गडबडीमा मुटुको चाल तीब्र हुन्छ र पक्षघात हुने सम्भावना हुन्छ । एलक्ट्रोकार्डियोग्राफीद्वारा एट्रियल फिब्रिलेसन भएको देखाँउछ ।

माईट्रल स्टेनोसिसमा छातिको एक्सरेले मुटुको सूजन र पल्मोनरी ईडिमा देखाउन सक्छ । पल्मोनरी ईडिमा वाँया एट्रियमको प्रेसर बढेर हुन्छ र सास फेर्न गाह्रो हुनु यसको मूख्य लक्षण हो । माईट्रल स्टेनोसिस भएका बिरामीहरुको रगतको जाँच चिकित्सकको सल्लाह लिएर गराउनु पर्छ ।

माईट्रल स्टेनोसिसका लक्षणहरु

माईट्रल स्टेनोसिसबाट पिडित व्यक्तिहरुको भाल्भ धेरै साँगुरो नहुन्जेल लक्षणहरु देखा पर्दैनन् । रोगले गम्भिर रुप लिएपछि सामान्य हिडडुल गर्दा पनि सास फुल्न थाल्छ । तीब्र हृदयगति भएर मुटुको ढुकढुकी बढेको अनुभव हुन सक्छ । थकावट, मुखबाट रगत निस्कनु, छाति दुख्नु, जिवाणुद्वारा फोक्सोको संक्रमण हुनु, गोडा सुन्निनु, पक्षघात हुनु र धोक्रेबोली हुनु माईट्रल स्टेनोसिसमा पाईने अन्य लक्षणहरु हुनु । रातो गाला हुनुपनि माईट्रल स्टेनोसिसको लक्षण  मानिन्छ ।

माईट्रल स्टेनोसिस हुने कारणहरु 

माईट्रल स्टेनोसिसको मुख्यकारण रुमाटिक फिवर हो । जन्मैदेखि हुने कन्जेनिटल माईट्रल स्टेनोसिस पनि हुन्छ । वाँया एट्रियममा हुने मिक्सोमा नामक ट्यूमरले माईट्रल भाल्भलाई साँगुरो बनाउन सक्छ । कार्सिन्वायड सिण्ड्रोम, सिस्टेमिक लुपस ईरीदेमेटोसिस र रुमाटवायड आर्थाइटिसले पनि कहिलेकाही माईट्रल स्टेनोसिस गराउन सक्छन् ।

माईट्रल स्टेनोसिसको उपचार

माईट्रल भाल्भ स्टेनोसिस भएका बिरामीहरुको उपचार औषधिहरुको प्रयोग गरेर र शल्यक्रियाद्वारा गरिन्छ । कुन ओखती कसरी प्रयोग गर्ने र कुनबेला भाल्भको शल्यक्रिया गराउने कुरा मुटुरोग विशेषज्ञसँग छलफल गर्नु बुद्धिमानी हुन्छ । यस लेखद्वारा यो विषयमा संछेपमा सल्लाह दिने प्रयत्न गरिएको छ ।

औषधिहरुको प्रयोग 

१. वेञ्जाथिन पेनिसिलिनको सुईः मुटुको भाल्भलाई सुरक्षित राख्न ४० वर्षको उमेरसम्म वेञ्जाथिन पोनिसिलिनको सुई लिनुपर्छ ।  सुई लिनु अगाडी यसको अवांछनीय असरको बारेमा  छालाको जाँच गराएर पत्ता लगाउनु पर्छ । पेनिसिलिनको सुई लिन नसक्ने बिरामीहरुलाई इरिथ्रोमाईसिनको ट्याबलेटद्वारा उपचार गराउन सकिन्छ । १२ लाख वेञ्जाथिन पेनिसिलिनलाई प्रत्यक ३ हप्तामा एकपल्ट दिइन्छ ।

२. एट्रियल फिब्रिलेसन भएर तीब्र हृदयगति भएका बिरामीहरुलाई विटाल्वकर समूहका ओखती, अथवा भेरापामिल नामक क्याल्सियम च्यानल वल्करद्वारा उपचार गरिन्छ । यो अवस्थामा प्रयोग गरिने पुरानो ओखती डिजोक्सिन पनि हो ।

३. हार्टफेलियरका लक्षण भएका बिरामीहरुलाई पिसाब लागाउने ओखतीहरु प्रयोग गर्नुपर्ने हुन्छ । फूर्सेमाइडसँग पोटासियम दिनुपर्ने हुन्छ । ल्यासील्याक्टोन प्रयोग गर्दा पोटासियमको आवश्यक्ता पर्दैन ।

४. एट्रियल फिब्रिलेसन भएका माईट्रल स्टेनोसिसका बिरामीहरुलाई रगत पातलो पार्ने वारफारिन र आस्पिरिनको आवश्यक पर्छ । 

माईट्रल स्टेनोसिसमा शल्यक्रिया

 १.५ वर्गसेन्टिमिटर अथवा यो भन्दा सानो माइट्रल भाल्भ एरिया भएर सास फेर्न गाह्रो हुने लक्षण भएका तर, माइट्रल भाल्भमा धेरै क्याल्सियम नभएका बायाँ एट्रियममा रगत नजमेका (Thrombus) र धेरै गम्भीर माईट्रल रिगर्जिटेसन अर्थात भाल्भ चुहिने नभएकाहरुको साँगुरिएको माइट्रल भाल्भलाई ब्यालुनद्वारा ठूलो पार्नु (Mitral Valvotomy) पर्छ ।

लक्षण नभए पनि माईट्रल भाल्भ एरिया १ वर्ग सेन्टिमिटर अथवा यो भन्दा सानो भएमा व्यालुन माइट्रल भाल्भोटोमी गर्ने गरिन्छ । मुटुको अन्य शल्यक्रिया गर्नु पर्दा माईट्रल भाल्भ एरिया १‍.५ वर्गमिटर अथवा कम भएको तर, लक्षण नभएका विरामीहरुको पनि माईट्रल भाल्भोटोमी गर्न सकिन्छ । 

एट्रियल फिव्रिलेसन भएका, बायाँ एट्रियमको प्रेसर २५ मिलिलिटर मर्करी भन्दा ज्यादा र माईट्रल भाल्भको प्रेसर ग्रेडियन्ट १५ मिलिलिटर मर्करी भन्दा ज्यादा भएमा पनि माइट्रल भाल्भोटोमी गर्नु पर्ने हुन्छ । 

माईट्रल भाल्भ साँगुरो हुनुका साथै माइट्रल भाल्भमा धेरै क्याल्सियम जमेको, बायाँ एट्रिएमममा रगत जमेको अथवा धेरै ज्यादा माइट्रल रिगार्जिटेसन भएमा कृतिम माईट्रल भाल्भ प्रत्यारोपण गर्नु पर्छ । भाल्भ प्रत्यारोपणपछि आजीवन रगत पातालो पार्ने वार्फारिन नामक ओखती प्रयोग गर्नु पर्छ । समय समयमा रगत जाँचेर (PTINR) वार्फारिनको मात्रा मिलाउनु पर्छ । 

गर्भावस्था र माईट्रल स्टेनोसिस 

गर्भावस्थामा रगतको मात्रा ज्यादा हुन्छ । २८ देखि ३१ हप्ताको गर्भावस्थामा गर्भावतीहरुको शरीरमा सबभन्दा ज्यादा रगत हुने भएकाले यो समयमा शास फेर्न गाह्रो हुने लक्षण आउन सक्छ । शिशुुको जन्मपछि प्लासेन्टा पाठेघरबाट निस्कन्छ । प्लासेन्टा निस्कानासाथ पाठेघर खुम्चिएर धेरै रगत शीराद्वारा दायाँ पट्टिका हृदय कक्ष हुँदै फोक्सोमा पुग्छ । यसरी अचनाक ज्यादा रगत फोक्सोमा पुग्दा पल्मोनरी ईडिमा भएर सास फेर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा शीराद्वारा पिसाव लगाउने फुर्सेमाईड नामक ओखतीको प्रयोग आवश्यक पर्छ । 

माईट्रल भाल्भ धेरै साँगुरिएका अर्थात माईट्रल भाल्भ एरिया १.५ वर्गसेन्टिमिटर भन्दा कम भएका गर्भाधारण गर्ने इच्छ भएका महिलाहरुले माइट्रल भाल्भ व्यालुनद्वारा ठूलो पार्ने अथवा कृतिम भाल्भ प्रत्यारोपण गर्ने शल्यक्रिया गराउनु बुद्धिमानी हुन्छ । गभार्वस्थामा शल्याचिकित्सा गराउँदा गर्भाधारण गरेको ४ महिनापछि गराउनु उचित हुन्छ । 

गर्भावस्थामा माईट्रल भाल्भ साँगुरिएको, मुटुका कक्षहरुको अवस्था र पल्मोनरी आर्टरी प्रेसर थाहा पाउँन एकोकार्डियोग्राफि गराउन सकिन्छ । ईसीजीद्वारा एट्रियल फिव्रिलेसन नामक हृदय गतिको रोग भएको थाहा पाउन सकिन्छ । एट्रियल फिव्रिलेसन भएर मुटुको चाल बढेको पाइयो भने सास फेर्न गाह्रो हुने लक्षण देखा पर्न सक्छ । मुटुको धड्कन नियन्त्रण गर्न बिटाल्वकर समूहका ओखतीहरु प्रयोग गर्ने सल्लाहा दिइन्छ । भेरापामिल, डिल्टायजेम अथवा डिजोक्सिनलाई पनि प्रयोग गर्न सकिन्छ । हृदय गति नियन्त्रण गर्न एमियोडारोन(Amiodarone) नामक ओखती प्रयोग गर्नु हुदैन । 

एट्रियल फिव्रिलेसन भएका गर्भावती महिलाहरुलाई गर्भाधारण गरेको शुरुको ३ महिनासम्म र ३६ हप्तापछि लो मलेकुलर हेपारिनद्वारा र बाँकी समय वार्फारिनद्वारा उपचार गर्ने सल्लाह विशेषज्ञहरुले दिएका छन् । 

शिशुुको जन्म सिजेरियन सेक्सनद्वारा गर्नु बुद्धिमानी हुन्छ । इन्फेक्टिभ इण्डोकार्डाइटिस हुन नदिन एन्टिबायोटिकको प्रयोग गर्नु पर्दैन । 

धेरै साँगुरिएको माइट्रल भाल्भबाट पीडित करिव ५० प्रतिशत महिलाहरुलाई मुटु प्रभावित भएर हार्ट फेलियर (Heart Failure)  हुने संभावना हुन्छ । यस्तो लक्षण भएका गर्भावति महिलाहरुलाई अस्पातलमा भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ । 

माइट्रल स्टेनोसिससँग माइट्रल भाल्भ चुहिने माइट्रल रिगर्जिटेसन पनि हुनसक्छ । माइट्रल रिगर्जिटेसनमा सिस्टोलिक मरमर सुनिन्छ । गर्भावती महिलाहरुमा सिस्टेमिक भास्कुलर रेजिष्टेन्स कम हुने भएकाले माइट्रल भाल्भको चुहावट पनि कम हुन्छ जसको कारण सिस्टोलिक मरमर सुन्न गाह्रो पर्छ ।

माइट्रल स्टेनोसिस भएका गर्भावती महिलाहरु र गर्भको शिशुलाई आइपर्ने समस्याहरुको अग्रिम समाधान गर्न स्त्री रोग र हृदयरोग विशेषज्ञहरुसँग समयमा नै सल्लाहा लिनु अति आवश्यक छ । नेपालकै हृदयरोग उपचार केन्द्रमा मुटुको शल्यचिकित्सा सफलतापूर्वक हुनु धेरै खुसीको कुरा हो ।

माइट्रल स्टेनोसिसको शल्यचिकित्सा शुरु गर्ने शुरूका विशेषज्ञहरु निम्न रहेका छन् । 


प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।