न्यूजील्यान्डको चुनाव चार हप्ता सर्‍याे

न्यूजील्यान्डको चुनाव चार हप्ता सर्‍याे

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १, २०७७

एजेन्सी । न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्ता पछि सारेको घोषणा गर्नु भएको छ । 

न्यूजील्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहनु भएकी आर्डेनले आगामी अक्टोबर १७ का लागि नयाँ मिति तोक्नु भएको छ । 

न्यूजील्यान्डमा कोभिड–१९ बाट संक्रमितहरु पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मिति पछि सार्नु परेको पनि उहाँले बताउनुभएको छ । 

न्यूजील्यान्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिएको छ । यस शहरमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ ।

आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए । यो सहित न्यूजील्यान्डमा कोरोना संक्रमितको कूल संख्या ४९ पुगेको छ ।