२ सय रुपैयाँले घट्यो सुन

२ सय रुपैयाँले घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १, २०७७

काठमाडौँ । आज (भदौ १ गते साेमबार)  सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार २ सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि २ सय रुपैयाँले नै घटेको छ ।

आज सुन ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ३ सय १५ रुपैयाँ कायम रहेको छ ।