क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ १, २०७७

इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । 

भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।  

उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिनुभयो ।  

उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । 

रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।