के  एलियनले हामी पृथ्वीवासीलाई हेरिरहेका छन् ?

के  एलियनले हामी पृथ्वीवासीलाई हेरिरहेका छन् ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  भदौ १, २०७७

के यस ब्रह्माण्डमा पृथ्वीबाहेक अन्यत्र कतै  जीवन छ ? त्यहाँ  पनि हामी जस्ता वा हामीभन्दा अझ धेरै उन्नत किसिमका प्राणी छन् ?? अथवा होइन,  ब्रह्माण्डमा हामी बस्ने पृथ्वीमा मात्रै जीवन छ, बाँकीका खरबौं खरब पिण्डहरुमा कही  कतै पनि जीवन छैन । पृथ्वीमा हामी मात्रै जीवनका प्रस्फुटित चिन्ह हो, बाँकीका खरबौं खरब पिण्ड लगायतका ज्ञात अज्ञात अनेको संरचना  फगत अनन्त  ब्रह्माण्डमा फूल बुट्टा भर्ने  प्रयोजनले मात्र अस्तित्वमा रहेका छन्  !

यस जिज्ञासाको पक्ष-विपक्ष दुबैमाथि जति मगज खियाए  पनि परिणाममा आजका मितिसम्म स्पष्टरूपमा केही ज्ञात हुनसकेको छैन।

यसबारे सम्भावना  खोजने प्रयास नभएका होइनन, तर ती समस्त प्रयासले कुनै निष्कर्ष दिनुको सट्टा स्थितिलाइ झनै विसंगतिपूर्ण बनाई दिएका छन् । यस असमर्थता बारेका अनेकौँ कारणमध्ये  प्रमुख कारण ब्रह्माण्डको अनन्त विस्तार हुनु पनि हो । विज्ञानलाइ  पृथ्वीको वरिपरि ४६ पॉइन्ट ५ अरब प्रकाश वर्षसम्म ब्रह्माण्डको  विस्तार रहेको संज्ञानमा आईसकेको छ ।  विज्ञानमा रूचि राख्ने पाठकवर्गलाइ विदित नै छ प्रकाशको गति यस ब्रह्माण्डको सर्वाधिक गति हो ।  वर्तमानको आधुनिक विज्ञानले यस सदृश्य गतिको कल्पनासम्म गर्न  सक्दैन। सर्वाधिक गति भएको प्रकाशलाइ नै  पृथ्वीको कुनै एक दिशामा निरन्तर गति गरेर ज्ञात ब्रह्माण्डको सीमानासम्म पुग्न ४६ दशमलभ  ५ अरब वर्ष लाग्छ भने जम्मा जम्मी ६०-६२ वर्ष पहिला अन्तरिक्ष यात्रामा पाइला टेकेको हाम्रो विज्ञानको  के कुरा गर्नु ? आधुनिक विज्ञानले हासिल गरेको सर्वाधिक गति १७-१८ किमी प्रति  सेकेण्ड मात्रै हो । यही नै हो वैज्ञानिकहरुले बनाएका आधुनिकतम रॉकेटको सर्वाधिक गति ।

पृथ्वीबाहेक ब्रह्माण्डको अन्य कुनै ठाउँमा प्राणी (एलियन-परग्रही) छन व छैनन, अहिलेको हाम्रो विज्ञानको विकास एवं क्षमताबाट मनुष्य जातिले यसबारे केही जान्नु अथवा बुझ्नु अथवा यसबारे कुनै टिपण्णीसम्म गर्न पनि हैसियत राख्दैन । वास्तवमा यस मामलामा हाम्रो हैसियत  'वन वे ट्राफिक' जस्तै हो ।

आधुनिक विज्ञानद्वारा निर्मित  सबैभन्दा  आधुनिकतम एवं गतिशील रकेटले यात्रा गर्ने हो भने हाम्रो सौर्यमण्डलको छिमेकी अर्को सौर्यमण्डल 'प्रोक्सिमा सेन्टुरी'   पुग्न  नै  ७० हजार वर्ष लाग्छ ।पृथ्वीवासी  हामीले  ढंगले लुगा लगाउन सिकेको नै मोटामोटी १० हज़ार वर्ष पुगेको अनुमान गरिन्छ  । 'प्रोक्सिमा सेन्टुरी' धेरै टाढाको स्थल होइन । यसको र पृथ्वी बीचको दूरी झण्डै ३९५ खरब  ५४ अरब किमी मात्रै छ । प्रकाशलाइ यो दूरीसम्म पुग्न ५०-५१ महीनाको समय (४ दशमलभ २  वर्ष) लाग्छ । प्रकाशले एक वर्षमा हिड्ने दूरीलाइ विज्ञानले ब्रह्माण्डको अनन्त विस्तार नाप्न  प्रयोग गरिने ठूलो यूनिटका रूपमा प्रयोग गर्छ किनकी हाम्रो चलनचल्तीको यूनिट (किमी) ब्रह्माण्डको विस्तार नाप्न अति नै सानो यूनिट साबित हुन्छ । त्यसैले प्रकाशले एक वर्षमा तय गर्ने दूरीलाइ विज्ञानले 'एक प्रकाश वर्ष' दूरी भनी गणना गर्छ।  थाहा  पाईराख्नुस प्रकाशले एक वर्षमा  झन्डै  ९४ खरब  ५४ अरब ४ करोड़ ५ लाख  १२ हज़ार किमी दूरी तय गर्छ । प्रकाश एक सेकेण्डमा २९९७९२ किमी यात्रा गर्छ ।

अहिलेसम्मका हाम्रा तीव्रतम रकेटको गति १७-१८ किमी प्रति सेकेण्ड मात्रै हो । प्रकाश र हाम्रा रकेटको गति अन्तरबारे आफै चिन्तन गर्नुस। आधुनिक विज्ञानमा दखल राख्ने विज्ञहरुका अनुसार आउँदो ५० वर्षमा हामीले हदै भए प्रकाशको गतिको २० प्रतिशत अर्थात अधिकतम ६० हजार किमी प्रति सेकेण्डको गतिले रकेट सञ्चालन गर्ने प्राविधि विकास गर्नसक्छौ । प्रकाशको गति छुन त सम्भव नै छैन । कारण प्रकाशको गति छुनसाथ कुनै पनि वस्तु पदार्थको रूपमा रहदैन  त्यों इनर्जीमा रुपान्तरित  हुनपुग्छ ।

हाम्रो उन्नत विज्ञानले हासिल गरेको प्राविधिले अन्य कुनै ठाउमा 'एलियन' (परग्रही) छन व छैनन भन्नेबारे केही  पनि बोलने सामर्थ्य राख्दैन । हो, हामीभन्दा उन्नत विज्ञान क्षमता सम्पन्न  परग्रही काही कतै  छन् र उनीहरुले नै हामीसँग सम्पर्क  गर्ने प्रयास गरेमा मात्र दुइ ग्रहका बासिन्दा बीच सम्पर्क-सम्बाद व भेट हुनसक्छ । यसका लागि हाम्रा सबै प्रयास भने कमीलाले घसरेर चन्द्रमामा पुग्नु जति कै असम्भव कुरा हो ।

उडेर गति गर्न इनर्जी  चाहिन्छ, हाम्रा  रकेटमा प्रयुक्त हुने  ईन्धन नै सबैभन्दा ठूलो बाधा छ ।  तपाई एउटा रकेटमा कति  इन्धन राखेर पठाउन सक्नुहुन्छ ? हाम्रा रकेटको वजनमा २ तिहाईभन्दा बढ़ी तौल  इन्धन कै हुन्छ  । फेरी जति बढी गति त्यति बढ़ी नै इन्धनको खपत । वैज्ञानिकले चालाकी प्रयोग गरेर पृथ्वीको गुरुत्वाकर्षणलाइ प्रयोग गरेर चन्द्र  अथवा मंगल अभियानमा ईन्धन खपत कम गर्ने  गर्छन । यसै कारण गतवर्ष  भारतले पठाएको चन्द्रयान-२ लाई जम्मा ३ लाख ८४ हजार किमी टाढा  चन्द्रमासम्म पुग्न  ४८ दिन लामो समय लाग्यो । नत्र अहिले विज्ञानले हासिल गरीसकेको अधिकतम गतिले चन्द्रमामा पुग्न ८ घण्टा कै समय पर्याप्त हुन्छ  । अमेरिकाले एउटा यान ८ घण्टा मै चन्द्रमाको ऑर्बिटसम्म पुर्‍याएको पनि छ । वैज्ञानिकले जबसम्म रकेट प्रविधिका लागि अझ उन्नत इन्धनको खोजी व रकेटको नयां तकनीक आविष्कार गर्दैनन तबसम्म यस दिशामा फड्को मार्न संभव छैन ।

तर  पृथ्वीका मानिसलाई  नजीक वा सुदूर अंतरिक्षमा  पृथ्वी जस्तो अन्य कुनै ग्रहमा  हामीजस्ता प्राणी छन कि छैनन भन्ने जिज्ञासा  सधै रहदै आएको छ । कहिले काही पृथ्वी र अन्तरिक्षमा हाम्रा मानवीय प्रयास बाहेकका केही  घटना  परिघटना देखिन आएमा हामी त्यसलाइ सीधै  'एलियन'सँग जोडेर हेर्ने गर्छौ ।

 केही समय पहिला  सार्वजनिक भएका तीनवटा भिडियोले 'एलियन'  विषयक चर्चा पुनः व्यापक बनेको छ ।

उक्त भिडियो अमेरिकन  आर्मीका पाइलोटले बनाएका हुन । पाइलोटहरुले  आफु आकाशमा  अभ्यासरत रहदा आकाशमा उड़दै  गरेको कुनै वस्तु देखे । ती उड़दै गरेका वस्तुको गति यति धेरै थियो कि त्यसको पिछा गर्नु सम्भव भएन । त्यो उड़दै  गरेको वस्तुमा हाम्रा जहाज झै पखेटा थिएनन ।  कुनै किसिमको इन्जिन व इन्धन  प्रयोग भएको थिएन  । भनौ यो कुनै अति उन्नत किसिमको 'ड्रोन' थियो । पाइलोटले यसको भिडियो बनाए  । तर यस भिडियोबारे अमेरिकन आर्मी वा अमेरिकाको खुपिया विभागले कुनै टिप्पणी गरेन।

गत वर्ष अमेरिकाको न्यूयॉर्क टाइम्सले यस्ता तीनवटा भिडियो सार्वजनिक गरेको थियो । सार्वजनिक  भएका भिडियोबारे  'इन्टेलिजेन्सी न्यूज वेभसाइट ब्लैक वाल्ट'  का अनुसार 'डिप्टी चीफ ऑफ  ऑप्रेसन्स  फर   इन्फर्मेशन वारफेयरुका प्रवक्ताले भिडियोमा देखिएका वस्तुलाई 'स्पेसक्राफ्ट' वा   'अनआइडेन्टिफाई एरियल फेनोमेना' (यूऍफ़ओ  जस्तै- अनआइडेन्टिफाइड फ्लाइंग अब्जेक्ट) भनेका छन । उनको यस अभिव्यक्तिले भिडियोमा देखिएको  वस्तुको सत्यता पुष्टि भएको छ ।

यस्तै  किसिमका  घटना  सन्  २००४ र २०१५ मा पनि प्रकाशमा आएका  थिए । अमेरिकाको रक्षा विभाग 'पेन्टागन'सँग रहेका यी भिडियो अमेरिकी सरकार र रक्षा मन्त्रलयको स्वीकृति पछि सार्वजनिक गरिएका थिए । बिना कुनै टिपण्णी सार्वजनिक गरिएका यी भिडियो सार्वजनिक गर्नुको उद्देश्य भने विश्वका सबै देशलाइ यसबारे जानकारी गराउनु रहेको थियो।

 विश्वभर  बेला मौका यस्ता घटना प्रकाशमा आउने गरेका छन । यससँग सम्बन्धित विज्ञहरुका अनुसार सन २००४ मा यस्तै एउटा  'यूएफ़ओ'८० हजार फिटमाथि एक्कासि देखा परेको थियो ।

माथि भनिए झै हाम्रो विज्ञानको सामर्थ्य अन्य कुनै ग्रहमा  (एक्सोप्लेनेट) पुग्नसक्ने छैन । के अन्य कुनै ग्रहका हामी भन्दा उन्नत विज्ञान हासिल गरीसकेका प्राणीले  हामीमाथि नजर राखीरहेका छन ? के बेला मौका उनीहरु पृथ्वीको निरिक्षण गर्न आउँछन ? तथ्यको आधारमा टेकेर यसबारे केहि भन्न सकिदैन । 'साइन्स   फिक्शन'  सिनेमा र लेखनभन्दा बाहेक यस विषयमा केही भन्ने चरणमा हामी पुग्न अझै लामो समय लाग्छ ।

पृथ्वीबाहेक ब्रह्माण्डको अन्य कुनै ठाउँमा प्राणी (एलियन-परग्रही) छन व छैनन, अहिलेको हाम्रो विज्ञानको विकास एवं क्षमताबाट मनुष्य जातिले यसबारे केही जान्नु अथवा बुझ्नु अथवा यसबारे कुनै टिपण्णीसम्म गर्न पनि हैसियत राख्दैन । वास्तवमा यस मामलामा हाम्रो हैसियत  'वन वे ट्राफिक' जस्तै हो । भनाईको अर्थ-हामीभन्दा उन्नत विज्ञान प्राविधि क्षमता आर्जित गरेका परग्रही काहीकतै  छन र उनीहरुले नै  हामीसँग सम्पर्क गर्ने  चाहना गरेको खण्डमा मात्रै दुइ ग्रहवासी बीच जम्काभेट हुनसक्छ । हाम्रो तर्फको जतिसुकै अथक प्रयासले पनि यो कार्य घटीमा आउँदो १०० वर्षसम्म सम्भव छैन ।