एसईईको नतिजा आज प्रकाशन हुने

एसईईको नतिजा आज प्रकाशन हुने

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ १, २०७७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ ।

नतिजा सार्वजनिक गर्नका लागि बोर्डको बैठक जारी छ । 

बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले केहीबेरमा परीक्षाफल प्रकाशित हुने जानकारी दिए । 

परीक्षा नियन्त्रण कार्यालय (एसईई) ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो ।

सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । 

परीक्षाफल प्रकाशित भएपनि भदाै १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । 

सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्यस्तै त्रुटी सच्याउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय पुग्नुपर्ने व्यवस्था हटाइएको छ। 

विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरेको छ ।