महिलालाई तीज लक्षित कार्यक्रम : उपचारमा छुट दिँदै हरियो चुरा प्याकेज सार्वजनिक

महिलालाई तीज लक्षित कार्यक्रम : उपचारमा छुट दिँदै हरियो चुरा प्याकेज सार्वजनिक

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २, २०७७

भक्तपुर । कोरोना भाइरस फैलिएर स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनसमेत मानिसहरू हिच्किचाइरहेका बेला भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले भने तीजलाई लक्षित गरी महिलाका लागि हरियो चुरा प्याकेज सार्वजनिक गरेको छ ।

महिलाहरूको स्वास्थ्य उपचारलाई लक्षित गरी निःशुल्क एवं ५० प्रतिशत छुटमा स्त्रीरोग विशेषज्ञद्वारा स्वास्थ्य सेवा दिने गरी प्याकेज ल्याएको अस्तालका निर्देशक जीवन मारिखुले जानकारी दिनुभयो ।

अस्पतालले सञ्चालन गरेको गाइनो क्याम्पमा सहभागी महिलाका लागि ३६५ दिन निःशुल्क स्त्रीरोग विशेषज्ञ जाँच, अन्य महिलाका लागि यसमा ५० प्रतिशत छुट, भिडियो एक्सरेमा ५० प्रतिशत छुट र अन्य सेवामा १० प्रतिशत छुट प्याकेज सार्वजनिक गरेको हो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा शोभा मारिखु श्रेष्ठले दिने यी सेवाहरू तीजको अवसरमा यही भदौ १० गतेसम्म सञ्चालन हुने भएको छ । यो सेवामा २०० महिलाले सेवा लिएका छन् । अस्पतालको १०० महिलालाई हरियो चुरा प्याकेजमा सहभागी गराउने लक्ष्य रहेको निर्देशक मारिखुले जानकारी दिनुभयो ।