फेरी लाख नाघ्यो सुनको भाउ

फेरी लाख नाघ्यो सुनको भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २, २०७७

काठमाडौं । सुनको मूल्य फेरी तोलाको लाख रुपैयाँ नाघेको छ। छापावाल सुन आज भदौ २ गते मंगलबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ बढेर एक लाख चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको ९८ हजार दुई सय रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुन पनि प्रतितोला समान रुपैयाँ बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो यसको मूल्य ९७ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो।

चाँदीको मूल्य भने तोलाको एक हजार तीन सय ८० रुपैयाँ कायम भएको छ।