एकै दिन  हजार जनाभन्दा बढीमा सङ्क्रमण, थप सात जनाको मृत्यु

एकै दिन  हजार जनाभन्दा बढीमा सङ्क्रमण, थप सात जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २, २०७७

काठमाडौं । नेपालमा एकै दिन एक हजार १६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु समेत भएको छ । 

यो एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो ।

यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,२५७ पुगेको छ ।

अहिले देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी मङ्गलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।