'हामी ६ /८ महिनामा इन्टरनेटको क्षेत्रमा काठमाडौँ उपत्यका ‘कभर’ गर्ने हिसाबले अगाडी बढिरहेका छौँ'

'हामी  ६ /८ महिनामा इन्टरनेटको क्षेत्रमा काठमाडौँ उपत्यका  ‘कभर’ गर्ने हिसाबले अगाडी बढिरहेका छौँ'

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  भदौ ३, २०७७

रमेश सापकोटा डिस मिडिया नेटवर्क लिमिटेड को महाप्रबन्धक हुनुहुन्छ ।  डिसहोम नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क मानिन्छ । डिसहोम उपग्रह ९स्याटलाइट०को मध्यमयबाट ७७ जिल्लाका  ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा सिग्नल र ग्राहक पुगेको संस्था हो । टिभी सेवा प्रदायक संस्थाको सफलता र अनुभव पश्चात् विगत छ महिनादेखि डिसहोमले डिएच फाइवर नेटको सेवा सुचारु गरेको छ । डिएच फाइवर नेट सेवा विस्तार र गुणस्तरमा केन्द्रित रहेर लोकसंवाद डट कमले डिस मिडिया नेटवर्क लिमिटेडले महाप्रबन्धक रमेश सापकोटासँग अन्तर्मन्थन  गरेको थियो । प्रस्तुत छ उक्त अन्तर्मन्थनको मूलअंश:

डिस मिडिया नेटवर्कले देशव्यापी डिएच फाइबर नेट सेवा विस्तार गरिरहेको बताई रहेको छ ? यो कस्तो सेवा हो ? 

डिस मिडिया नेटवर्कले मुख्यतया २, ३ वटा ‘प्राेडक्ट’हरू मार्फत ग्राहकहरूको सेवा गरिरहेको छ । डिसहोमले अल्ट्रा, स्मार्ट, एचडी प्लस लगायतका सेवा विगत १० वर्षदेखि निरन्तर रुपमा दिइरहेको छ । अर्को भरखरै सुरु गरेको भनेको  डिसहोम फाइवर नेट हो । विस्तारै अरु आधुनिक सेवा थप्दै जाने पनि यसकाे लक्ष्य छ । 

डिसहोमले फाइवर नेट नै किन सुरु गरेको हो ?

सबैभन्दा पहिला त दश वर्षदेखि डिसहोमले सञ्चालनमा ल्याएको डिटिएचको नेटवर्कमा हरेक दिन ग्राहकहरूको आकर्षण बढ्दै गइरहेकाे छ । हामीले जुन सेवा, सुविधा प्राविधिक हिसाबले ‘फिचराइज’ रुपमा अगाडि बढाइ रहेको छौँ त्यही  अनुभव  र प्रेरणाले नै हामीले यो आइ एसपी फाइवर इन्टरनेट सर्भिस प्रदायकका रुपमा अनुमति लिएर यो सेवा सुरु गरेका हाै‌ं ।  हामीले यो सेवा सुरु गरेको छ महिना मात्र भयो ।

छ महिनामा  डिसहाेम फाइवर नेट विस्तारमा के के गर्नु भयो ? 

डिस मिडिया नेटवर्कले अनुमति लिएपछि पहिला  फाइवर नेटको सुरुमा ‘पाइलट प्रोजेक्ट’ भनेर भैंसेपाटी एरियामा सुरु गर्‍यौं । त्यस एरियामा सफल भइसकेपछि हामीले भैंसेपाटीसहित बुङमती हुँदै ललितपुरबाट दक्षिणी क्षेत्रमा विस्तार गर्‍यौं । साउन १ गतेबाट  काठमाडौँकाे कपनमा हाम्रो नेटवर्कले फाइवर नेट  सुरु गरिसकेकाे छ ।  हिजोआज बौद्धमा पनि विस्तार गरिसकेका छौँ । त्यसपछि हामी ८/१० दिनभित्रमा जोरपाटीमा पनि सुरु गर्दैछौँ । त्यसपछि पेप्सिकोलामा सुरु हुँदैछ एक महिना भित्रमा । त्यसपछि हामी बुढानीलकण्ठ हुँदै बालाजु, सामाखुसी एरिया, टोखा–बालाजु हुँदै हामी झन्डै ६ /८ महिनामा काठमाडौँ भ्याली ‘कभर’ गर्ने हिसाबले अगाडी बढिरहेका छौँ इन्टरनेटको क्षेत्रमा । आइ एसपीको पार्टमा । 

यो त भयो काठमाडौँ उपत्यकाको कुरा ? उपत्यका बाहरि पनि बिस्तार गर्ने कुनै योजना छ कि ?

छ । सुरु गरिसकेका छाै‌ं । हामीले अहिले काठमाडौँ बाहिरको हकमा हेटौडाहुँदै ढल्केवर, जनकपुर अनि लाहान, इटहरी, इनरुवा, विराटनगर र धरानमा पनि २, ३ महिना भित्रमा विस्तार गर्दैछौं ।  

कहाँ कहाँसम्म विस्तार गर्ने योजना छ ?

डिसहोम त नेपालभर छँदै छ । सकेसम्म डिसहोम पुगेको सबै ठाउँमा पुर्‍याउने योजनामा छौँ ।

यो त भयो विस्तारको कुरा ।  कसरी र कति मूल्यमा उपलब्ध गराइ रहनुभएको फाइवर नेटको सुविधा ? 

अहिले डिस मिडिया नेटवर्कले बजारमा उपलब्ध अन्य सबै आइएसपीहरु भन्दा सस्तो, ‘रिलायवल र वेस्ट प्राइस’ मा उपलब्ध गराइ राखेकाे छ । ‘रिजनेवल प्राइस’मा अहिले डिसहोम र सिम टिभीको ग्रहकहरुलाई  लक्षित गरेर फाइवर नेट उपलब्ध गराइ राखेका छौं ।  टिभी प्लस इन्टरनेटको ग्राहकलाई लक्षित गरी प्याकेज ल्याएका छौँ । टिभी नभएको ग्राहकले पनि त्यही रेटमा इन्टरनेट चाहिँ पाउँछन् पाउन त । अहिले के छ भने नेपाल दूरसञ्चार प्राधिकरणको नीति  अनुसार कुनै पनि एउटै ‘प्राेडक्ट’को २ वटा मूल्य गर्न पाइँदैन । हामीले ‘स्पेसल प्राइस’ भनेर सुरु गरेका थियौं ।

टिभी लिने र नलिने ग्राहकलाई फरक गर्न नपाउने भएको हुनाले हामीले टिभी नलिनेहरूलाई पनि त्यही रेटमा उपलब्ध गराइराखेका छौँ । हामी के गरिरहेका छौँ भने वार्षिक रुपमा रिचार्ज गर्ने ग्राहकलाई वर्षको १० हजार रुपैयाँमा इन्टरनेट दिइरहेका छौ । वर्षको १० हजार भनेको लगभग ८ सय ३४/३५ रुपैयाँको हाराहारीमा मासिक रुपमा ग्राहकले २५ एमवीपीएसको इन्टरनेट सुविधा उपयोग गर्न पाउँछन् । त्यस्तै ४० एमबीपीएसको १४ हजार ५ सय रुपैयाँमा वार्षिक रुपमा सेवा दिने गरेका छौँ ।

बजारमा सस्तो भनेर २५ र ४० एमवीपीएस भन्ने तर १० पनि नदिने काम डिस मिडिया नेटवर्कले गर्छ कि गर्दैन ? 

हाम्रो नीति कस्तो छ भने ग्राहकलाई सस्तो भनेर झुक्काएर हामी ‘मार्केटिङ’ गर्दैनौं । जे दिने हो यथार्थ त्यति नै भन्छौं । कुनै कुनै कम्पनीले घुमाएर शुल्क लिने गरेको पनि पाइन्छ । हामी त्यसो गर्दैनौं । भनेको मासिक मूल्य कति होत भन्दा जस्तो हाम्रोमा ४० एमबीपीएसको १४ सय ५० रुपैयाँ प्लस भ्याट लिन्छौं । तर, वार्षिक रिचार्ज गर्ने ग्राहकले चाहिँ  सस्तोमा प्रयोग गर्न पाइरहेका छन् । 

छ महिनामा ग्राहकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

हामीले सर्भिसको लागि टोल फ्री नम्बर २४ सै घण्टा उपलब्ध गराएका छौं । हामी तुरुन्त सर्भिस दिन्छौं । सबैभन्दा ‘वेस्ट’ सर्भिस दिइरहेका छौँ । भर्खर सुरु गरेका छौँ । पहिलो कुरा त  हाम्रो फाइवर नेटमा गुनासो निकै कम  आइरहेको छ । कुनै गुनासो आयो भने तुरुन्तै  सम्बोधन गर्छाै‌ं । अन्य पुराना आइएसपीहरुसँग सेवा उपभोग गरिरहेका ग्राहकले पनि डिसहोमको फाइवर नेट राख्यो भने सम्झनुस हामीले गुणस्तरीय सेवाको ग्यारेन्टी गरेका छौँ । डिएच फाइवर नेट अहिले सबै एक ग्राहकले अर्को ग्राहकलाई ‘रिफर’ गरेर नै अधिक बिकी भइरहेको छ । डिसहोम इन्टरनेटको सेवा ज–जसले उपभोग गरिरहनुभएको छ उहाँहरू एकदमै खुसी हुनुहुन्छ । अर्को कुरा टिभी हेर्नेलाइ डिसहोमकाे इन्टरनेट सुविधा पनि प्राप्त हुने भयो । 

अनि इन्टरनेटमा ब्यान्डविथ २५ एमबीपीएसले पुरा २५ एमबीपीएस नै प्रयोग गर्न पाउने भयो । एकदमै निरन्तर र विश्वसनीय हुने भयो । अरु आइएसपीहरुले के गरिरहेका छन् भने २५ एमबीपीएस भनेर २५ एमबीपीएस दिने गरेका छैनन् । २ जीवी भनेर भने पनि कसैले १ जीवी दिएको पाउँछौ । तर  त्यो इन्टरनेट एमबीपीएस २५ भयो तर ८ र ९ एमबीपीएस त टिभीले खाइदिने भयो उनीहरूले इन्टरनेटको लागि १५ र १६ एमबीपीएसभन्दा पाउँदैनन् ।  अनि नेट चल्दैन, ढिलो चल्यो भन्ने गुनासो आउने गरेको छ । 

डिएच फाइवर नेटमा यो समस्या हुँदैन भन्न खोज्नुभएको हो ?

हो । अब हाम्रो आइ एसपी जोड्दा खेरी कम्प्लिट र एकदमै ‘रिलायवल सर्भिस’ पाउने सुनिश्चित गरेका छौँ । २५ एमबीपीएस किनेपछि २५ एमबीपीएस नै उपभोग गर्न पाइन्छ ।  घरी स्पिड बढ्ने घरी घट्ने भन्ने हुँदैन । डिसहोम यो कुरामा एकदम प्रतिबद्ध छ । 

प्राविधिक रुपमा ग्राहकहरूलाई कसरी विश्वस्त तुल्याउनु हुन्छ ? 

डिसहोमले हुुवावे कम्पनीसँगको सहकार्यमा अत्याधुनिक प्रविधि भित्र्याएकाे छ । हाम्रा जति पनि इक्युपमेन्ट छन ती सबै हुवावेसँग सहकार्य र एग्रिमेन्ट गरेको हुनाले अत्याधुनिक र २०२० टेक्नोलोजी का छन् । त्यसकारण पनि इन्टरनेटकाे स्तर एकदमै राम्राे छ । 

इन्टरनेटमा कस्तो हुन्छ भने जति प्रविधि अपग्रेड हुँदै जान्छ त्यति राम्रो टेक्नोलोजी आउने नै भयो । हरेक दिन अपग्रेड भइरहेको छ नि थ्रीजी, फोर जी, फाइभ जी भनेजस्तै । यो ‘इन्फ्रास्ट्रक्चर डिजाइन’का कुराहरूमा । यसले हाम्रो एरियामा हजाराैँ  ग्राहक हुँदा पनि गुनासो गर्नुपर्ने अवस्था आउँदैन । अहिले अरु आइसीपीको समस्या के छ भने पहिले ‘इन्फ्रास्ट्रक्चर डिजाइन’ गर्दा वार्षिक यति ग्राहक भनेर डिजाइन गर्नु पर्थ्याे । अहिले हजार भरिँदाखेरि त्यो डिजाइनले गर्दा सेवा दिन गाह्रो भइरहेको छ । हामीलाई चाहिँ एउटा के सुविधा भयो भने हामी लेटेस्ट टेक्नोलोजी  सर्भरदेखि हरेक कुराहरू  लेटेस्ट टेक्नोलोजीका भएको हुनाले ग्राहकले हाम्रो सेवा ‘स्मुथ र  रिलायवल’ रुपमा प्राप्त गर्ने गर्छन् ।  

पिएच फाइवर नेट र सिम टिभी ..?

हो । डिसहोम डिटिएच र इन्टरनेट सर्भिसको कुरा गर्दा सिम टिभीलाई छोड्नु हुँदैन ।  किन भन्दा सिम टिभी भनेको एउटा यस्तो प्राेडक्ट हो जसले सबैभन्दा पहिला नेपाल सरकारलाई १०० प्रतिशत डिजिटलाइजेसन गरेर अगाडी बढाउने भनेको सिम टिभीले नै हो । अहिले डिस मिडिया नेटवर्क र सिम टिभी नेटवर्क कम्पनी एउटै कम्पनी हो । त्यसको व्यवस्थापनको पक्ष हामीले हेरिरहेका छौँ  । साँढे दुइ  वर्षदेखि नै ।

नेपालमा सबैभन्दा पहिले सिम टिभी मिडिया र सेटअप बक्समा चाहिँ हामीले ‘इनिसियल फेज’मा ग्राहकलाई शून्य मूल्यमा  पैसा नै नलिई मात्र सर्भिस शुल्क मात्रै लिएर काम गर्न सुरु गरेको सिम टिभीले हो । यस कारणले गर्दा आज नेपालमा लाखौँ ग्राहकले सेटअप बक्समा पैसा हाल्नु परिरहेको छैन । अहिले च्यानलको पार्टमा डिसहोम र सिम टिभी एउटै कम्पनी भएको हुनाले सिम टिभीमा पनि डिसहोमको ‘एक्सक्लुसिभ च्यानल’हरू सिम टिभीका ग्राहकहरूले पाइरहनु भएको छ । काठमाडौँ उपत्यकामा स्पेस टाइम नेटवर्कले सिम टिभीको काम गरेको छ । स्पेसटाइम नेटवर्क पनि विगत लामो समयदेखि डिजिटल केवल अथवा केवल अपरेटरमा उहाँहरूको अनुभव धेरै  राम्रो छ । टिम देखि लिएर त्यहाँको म्यानेजमेन्ट सबैकुराहरु त्यसले गर्दा पनि आज हामीले सिम टिभीको पनि काठमाडौँ भ्यालीमा अपरेट सर्भिसदेखि लिएर हरेक कुरामा क्वालक्वाली गर्नु पर्ने कुरा यसलाई स्ट्यान्डर डेकुरसेन गर्ने कुरा सिम टिभीमा सम्पूर्ण एचडी सेट अप हामीले अहिले सेल गरिरहेका छौँ । ग्राहकलाई उपलब्ध गरिरहेका छौ । 

 हाल सिम टिभी काठमाडौँ उपत्यकामा उपलब्ध छ भने नारायणघाट, विराटनगर, धरान, इटहरी त्यसपछि लाहान, जनकपुर, भैरहवा लगायतका एरियामा हामी पुगिरहेका छौँ । दाङमा पनि हाम्रो सिम टिभी सर्भिस छ भने सुर्खेतसम्म पनि पुगेको छ । जुन बाँकी रहेको तुलसीपुर नेपालगञ्ज, धनगढी, महेन्द्रनगर हामीले अब नयाँ सर्भिस २ महिनामा अपग्रेड गरेर अघि बढाउँदै छौं ।

यता चाहिँ झापादेखि लिएर इलाम त्यो एरियामा बिस्तार गर्दैछौं । हेटौँडा वीरगन्ज एरियामा पनि हाम्रो  यो सेवा उपलब्ध छ । सिम टिभीको राम्रो पक्ष के हो भने हामीसँग काठमाडौँमा त छँदैछ । त्यो बाहेक हरेक सिटिमा जस्तो सुर्खेत, भैरहवा, नारायणगढ, वीरगन्ज, इटहरी सबै ठाउँमा हामीलाई त्यो बाट पनि हामीले लोकल च्यानल राखेर दिइरहेका छौँ भने निरन्तर ग्राहक सेवा पाउने हिसाबले समस्या नहोस् भनेर व्याकअप स्टेसनहरू पनि राखेर हामीले त्यहाँको लोकल च्यानल पनि मिसाएर हामीले सिम टिभी अघि बढाएका छौँ । 

सिम टिभी भएको ठाउँमा  डिएच फाइवर नेट पुर्‍याउँदैछौ भन्न खोज्नुभएको हो  ? 

हाम्रो डिसहोम फाइवर नेटको मुख्य रणनीति भनेको के हो भने सिम टिभीको नेटवर्क भएको ठाउँमा सिम टिभी, प्लस डिसहोम फाइवर नेट उपलब्ध गराउने हो ।  त्यो पनि ग्राहकले डिसहोम राखिरहेको छैन वा सिम टिभी राखेको छैन भने पनि यहाँहरूले डिसहोम फाइवर नेट जोडेर स्तरीय  सेवा लिन सक्नु हुन्छ । अहिले हामीले जुन गरिरहेका छौ, त्यो ‘कम्बो प्याकेज प्राइस’ हो । हामी सम्पूर्ण ग्राहकलाई के आग्रह गर्न चाहन्छौं भने अरु आइ एसपीबाट सेवा सुविधा ‘रिलायवल प्राइस’ पाइरहनु भएको थिएन ।  हाम्राेमा  भने तपाइँले किने जति ब्यान्डविथ पाउनु हुन्छ । टिभी र तपाइँले खोजेजस्तै इन्टरनेट १०० प्रतिशत सेवा लिन सक्नुहुन्छ र प्रयोग गर्न सक्नुहुन्छ ।  

 यो सेवा लिनको लागि थप लगानी गर्नुपर्छ  कि पर्दैन ?

डिसहोमबाट इन्टरनेट फाइवर नेटको लागि राउटर स्टलेसनका लागि भनेर हामीले १ वर्ष रिभाइभ गर्ने मूल्यमा जम्मा एक हजार रुपैयाँ ल्याएका छौँ । हजार रुपैयाँ हाल्यो भने इन्स्टलेसन हुने भयो । अथवा  एक वर्षको रिचार्ज गर्नेले हजारमा पाउँछ । ६ महिना रिचार्ज गर्नेलाई १५ सय र १ महिना रिचार्ज गर्छु भन्नेलाई पनि हामीले २ हजार लिएर १ महिनाको रिचार्ज गर्ने प्रबन्ध मिलाएका छौं  । यसरी अफर दिइरहेका छौँ । यो अफर भनेको अहिले मार्केटमा जति पनिआइएसपी छन् त्याे सबैभन्दा वेस्ट अफर हो ।