कोरोना सङ्क्रमणबाट एकको मृत्यु

कोरोना सङ्क्रमणबाट एकको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ ३, २०७७

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ  । गएराति हेटौँडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । 

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । हेटौँडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थियो । कोरोना सङ्क्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।