तोलामा १६ सयले घट्यो सुन

तोलामा १६ सयले घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ४, २०७७

काठमाडौ । आज (भदौ ४ गते बिहिबार) नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १६ सयले घटेर प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कोरोबार भएको छ । 

त्यस्तैगरी आज, तेजाबी सुन प्रतितोला ९८ हजार तीन सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य पाँच रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।