विराट अंकः मान्छेलाई गन्न असहज, विज्ञानलाई सहज

विराट अंकः मान्छेलाई गन्न असहज, विज्ञानलाई सहज

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र १०, २०७५

प्रिय भाइ विकेश, तिम्रो फोटो पत्रको अन्य प्रश्नको जवाफ दिने क्रममा आज म अणु (MOLECULES) कसरी बन्छन् भन्ने प्रश्नको जवाफ दिन गइरहेको छु । ध्यान दिएर पढ । 
यस प्रश्नमाथि चिन्तन गर्दा म तिम्रो प्रश्नको ठ्याक्कै जवाफ त दिन सक्दिनँ । यसबारे केही सामान्य चर्चा मात्र गर्न सक्छु । तिमीलाई अणु (MOLECULES) र परमाणु (ATOM) बारे ज्ञान र भेद थाहा हुनुपर्छ । 

संसारको प्रत्येक पदार्थ सूक्ष्म कण जसलाई अणु भनिन्छ । यही अणुबाट बनेको हुन्छ । 

विज्ञानले खोज्दै जाँदा अणु पनि अति सूक्ष्म कण परमाणु (परम+अणु=परमाणु)बाट बनेको हुन्छ भन्ने पत्ता लगायो । परमाणुको संरचनामा यसको केन्द्रीय भाग हुन्छ, जसलाई नाभिक (NUELEUS) भनिन्छ । यस न्युक्लियसमा प्रोटोन र न्यूट्रोन हुन्छन् र इलेक्ट्रानले न्युक्लियसको परिक्रमा गर्छन् । 

एउटा ‘एटम’को आकार हाम्रो केशभन्दा पनि लाखौ गुना (केशको मोटाई) सानो हुन्छ । एउटा ‘एटम’को डायामिटर ०.१ देखि ०.५ पिकोमिटरसम्म हुन्छ । एक मिटर भनेको १ मिटरको दस अर्बौं भाग हुन्छ । यसलाई पिको १-१० बुझ । 

एटमको न्युक्लियस एटमभन्दा दस हजार गुना सानो हुन्छ । यसलाई १-१४ बुझ । इलेक्ट्रोन न्युक्लियसभन्दा ठूलो हुन्छ । यसको आकार १×१०-१२ हुन्छ । तर, प्रोटोनको आकार न्युक्लियसभन्दा पनि सानो १.०×१०-१५ हुन्छ । प्रोटोन पनि क्वार्क भन्ने साना कणबाट बनेको हुन्छ । क्वार्कको आकार १×१०-१६ हुन्छ । 

तिमीलाई एटमको संरचनामा रहेका कणको आकारबारे भने । अब यिनको तौलबारे पनि बुझी राख एटमको तौल (MASS) १ ग्रामको १ क्वाट्रिलिथ (QUARDILLIONTH) भाग हो । १ क्वाड्रिलियमा २४ वटा जिरो राखेर पढ्नु पर्ने हुन्छ । यसलाई १०×१०-२४ बुझ । प्रोटोनको ‘मास’ १०×१०-२७ ग्राम हुन्छ भने इलेक्ट्रोन प्रोटानभन्दा झण्डै १८०० गुणा हलुको हुन्छ । 

मलाई खेद छ, तिमीले बुझ्ने भाषामा म तिमीलाई ‘पार्टिकल फिजिक्स’ बुझाउन समर्थ छैन । म तिमीलाई यति मात्र भन्न सक्छु ‘एटमिक’ स्तरमा सबै कणको निर्माण ‘एनर्जी भाइभ्रेसन’बाट भएको हो । विभिन्न ‘भाइभ्रेसन’ले विभिन्न कणको निर्माण भयो । 

तिम्रा सबै प्रश्न रमाइला छन् । मलाई यस्ता प्रश्नमाथि चर्चा गर्न रमाइलो लाग्छ । तर, सबै प्रश्नको उत्तर यस लेखमा दिनु सम्भव छैन । 

अन्तिममा ‘गूगोलप्लेक्स’बारे चर्चा गर्छु । 

ल तिमी १, १०, १०० दश गुना गर्दै गन्दै जाउ त ! कहाँ पुग्यौ– अर्ब, दस अर्ब, दस खर्ब, अब यसपछि...। ल पहिला भन दस खर्बको उदाहरण के दिन्छौं ? के छ यस पृथ्वीमा जसलाई तिमी दस खर्बसम्म गन्न सक्छौं ? अह, सक्दैनौं । तर, विज्ञानले यसलाई सहज बनाएको छ । जस्तो कि तिमीलाई थाहै छ, संसारमा मानिसको जनसंख्या ७ अर्ब मात्रै हो । 
पहिला दस खर्बलाई सजिलो पढ्ने गरी विज्ञानको भाषामा लेखौं । 

दस खर्ब = १×१०१२ एकको पछाडि १२ वटा जिरो । यु.एस. स्केलमा यसलाई १ ट्रिलियन भनिन्छ । 

अमेरिकाको बार्षिक बजेट दस खर्ब अमेरिकी डलर हो । हाम्रो शरीरमा ३७ खर्ब कोशिका हुन्छन् । 

हामीलाई आवश्यक नपरे पनि विज्ञानलाई ठूला अंक आवश्यक पर्छ । माथि चर्चा गरिएको १×१०१२ लाई मैट्रिक प्रणालीमा १ ‘टेराआइटम’ भनिन्छ । यसरी नै १५ जिरोलाई (१०१५) १ ‘पेटाआइटम’, १८ जिरोलाई (१०१८) १ ‘एक्सापाइटम’, २१ जिरोलाई (१०२१) १ ‘जेटाआइटम,’ २४ (१०२४) जिरोलाई १ ‘योटाआइटम’ भनिन्छ ।  १ ‘योटाआइटम’को उदाहरण के हुन सक्छ ? संसारभरीका मानिसको शरीरमा भएको ब्याकटेरियाको संख्या हो यो । यसरी १० योटाग्रामको (१०२५) संख्या गन्न २० ग्राम हाइड्रोजनमा भए जति ‘एटम’ गन्नुपर्ने हुन्छ । १०० योटाग्रामको संख्या भनेको (१०२६) २ किलो पानीमा एटमको संख्या हो । 

हामीलाई आवश्यक नपरे पनि विज्ञानलाई ठूला अंक आवश्यक पर्छ । माथि चर्चा गरिएको १×१०१२ लाई मैट्रिक प्रणालीमा १ ‘टेराआइटम’ भनिन्छ । यसरी नै १५ जिरोलाई (१०१५) १ ‘पेटाआइटम’, १८ जिरोलाई (१०१८) १ ‘एक्सापाइटम’, २१ जिरोलाई (१०२१) १ ‘जेटाआइटम,’ २४ (१०२४) जिरोलाई १ ‘योटाआइटम’ भनिन्छ । 

१ ‘योटाआइटम’को उदाहरण के हुन सक्छ ? संसारभरीका मानिसको शरीरमा भएको ब्याकटेरियाको संख्या हो यो । यसरी १० योटाग्रामको (१०२५) संख्या गन्न २० ग्राम हाइड्रोजनमा भए जति ‘एटम’ गन्नुपर्ने हुन्छ । १०० योटाग्रामको संख्या भनेको (१०२६) २ किलो पानीमा एटमको संख्या हो । 

एक अनुमान अनुसार पृथ्वीमा ‘एटम’को संख्या १.३३×१०५० हो । यसैगरी सूर्यमा ‘एटम’को संख्या १.३९×१०५७ हो । यो अनुमान मात्रै हो । 

गुगोलप्लेक्स भनेको १०Googol हो । सन् १९२० मा एकजना गणितज्ञ एडवर्ड कासनेर(EDWARD KASNER) ले आफ्नो ५ वर्षीय भान्जासँग खेल्दा यो विराट अंकको संख्याबारे कल्पना गरेका थिए । पछि संशोधन गर्दै यसलाई १×१०१०० लेखियो । 

एकका पछाडि सय वटा जिरो राखेर जुन संख्या बन्छ त्यसाई गुगोलप्लेक्स नाम दिइएको छ । 

याे पनि 

छतमा राखेको पानी कहाँ गयो ?