आइपिएल उद्घाट्न समारोहको खर्च सेनालाई

आइपिएल उद्घाट्न समारोहको खर्च सेनालाई

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १०, २०७५

काठमाडौ ।  १२ औं आइपिएलको शुभारम्भ भइसकेको छ । यस प्रतियोगिताको पहिलो म्याचमा गत वर्षको च्याम्पियन टोली चेन्नई किंग्सले आफ्नो विजय यात्रा जारी राख्दै आरसीबी माथि ७ विकेटको जीत हासिल गरेको छ । 

तर, यसपटक सदा झै हुने उद्घाट्न समारोह भने रद्ध गरियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले (दअअष्) उद्घाटन समारोहको बजेट भारतीय सेनाका  विभिन्न अंगलाई प्रदान गर्ने निर्णय अनुसार यस पटकको आइपिएल उट्घाटन समारोह आयोजना गरिएन ।

बीसीसीआईको यस कार्यको भारतभरिका खेलप्रेमीहरुले स्वागत गरेका छन् । 

बीसीसीआईले उद्घाटन समारोहको बजेटबाट भारतीय थलसेनालाई ११ करोड रुपयाँ सहयोग गरेको छ । यसैगरी भारतको अर्को सैन्य दस्ता सीआरपीएफलाई ७ करोड रुपयाँ सहयोग गरिएको छ । 

बीसीसीआईले इंडियन एअरफोर्सलाई भने १ करोड तथा भारतीय नौ सेनालाई १ करोड सहयोग राशि प्रदान गरेको छ ।

बीसीसीआईका प्रशासक समितिका प्रमुख विनोद रायले पुलवामामा भएको आतंककारी आक्रमण पछि यसपटक उद्घाटन समारोहमा गरिने खर्च सेनालाई प्रदान गर्ने निर्णय गरेका थिए । 
समितिको एक जना सदस्य डायना इडुल्जीका अनुसार, ‘बीसीसीआई सम्बेदनशील मुद्दामा संधै सहयोग गर्न तत्पर रहन्छ।’

चेन्नई सुपर किंग्सका कैप्टन महेन्द्रसिंह धोनीले पनि आफ्नो टीमका तर्फबाट सीआरपीएफलाई २ करोड रुपयाँ सहयोग राशि दिएका छन ।  

याे पनि 

आइपिएलमा सुरेश रैनाको कीर्तिमान, पाँच हजार रन बनाउने पहिलो खेलाडी

आइपिएल उद्घाटनको सर्वाधिक झुर खेल, हरभजनको बलिङमा बेंग्लौर पराजित