नर्वे निवासी विष्णु क्षेत्रीको जय नेपाल बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसिहत)

नर्वे निवासी विष्णु क्षेत्रीको जय नेपाल बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसिहत)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ५, २०७७

आफू जन्मेको देश जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । जन्मेको देश भन्दा प्यारो अरु के हुन् सक्छ र ? हिमाल पहाड राष्ट्रिय गौरवको पोसाक शिरमा ढाका टोपी अनि दौरा सुरुवाल यस्तै यस्तै राष्ट्रिय गौरव र मातृ भूमि प्रति अगाध प्रेम झल्केको म्युजिक भिडियो  विष्णु छेत्रीको ‘जय नेपाल’ बोलको गीत हालै  सार्वजनिक गरिएको छ । 

 चितवन जिल्लामा जन्मनु भएका राष्ट्रिय चर्चित कलाकार विष्णु क्षेत्री युरोपलाई आफ्नो कर्म भूमि बनाई रहनु भएको छ । युरोपमा पोर्चुगल हुँदै हाल नर्वेको राजधानी ओस्लो निवासी क्षत्री नेपाली समाजको  चर्चित नाम हो । उहाँ जहाँ रहेता पनि नेपाली समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा दर्शकहरूको मन जित्न सफल कलाकार विष्णु क्षेत्री हाल मातृ भूमि प्रति अगाध प्रेमले भरिएको गीत ‘जय नेपाल’ तयार गरी  सार्वजनिक गर्नु भएकाले छ ।

धन कमाउने अभिलाषा पुरा गर्न आफ्नो जन्म भूमि र आमाको न्यानो काख र भर्खर वैवाहिक सम्बन्धमा जोडिएका नव जोडी त्यागेर ठुलो सङ्ख्यामा बिदेसिएका नेपालीहरूको दुःख र व्यथाहरूको कथा हो गायक विष्णु छेत्रीको ‘जय नेपाल’। 

 बिदेसिनु बाध्यता  नेपालीहरूको नियति नै जस्तो भएको  दिनहुँ सयौँको सङ्ख्यामा नेपालीहरू विदेशी रहेकै छन् । परिवारको जीवन यापन सहज बनाउने सपना बोकेर खाने, लाउने, रमाउने उमेरमा धन कमाउने र सुखी जीवन बिताउने सपना बोकेर  बिदेसिँदाको क्रममा बेहोर्नु परेको दुःख र पीडाको  चित्रण भिडियोमा पाउन सकिन्छ।

हरेक बिदेसिएका नेपाली हरुको व्यथा झल्केको देखिन्। पुरानो पुस्ताले परिवार अनि धन कमाउन गरेको समर्पण अनि नयाँ पुस्तामा आएको परिवर्तित सोच अनि जागरण देखिन्। मातृभूमि प्रतिको अगाध प्रेम छल्केको पाइन्छ ।

मातृ भूमि प्रति अगाध प्रेम झल्केको कथा सँगालिएको यस भिडियो   अकल्पनीय घटना घटेर आफ्नो परिवार गुमाउँदा समेत फर्किन नसक्दाको पिडा समेत भिडियोमा उत्कृष्ट ढङ्गले  उतारिएको छ। नयाँ पुस्ताले गरेको समर्पणको साथै परिवर्तित सोचको जागरण गर्न पनि भिडियो सफल रहेको छ।  निकै नै मार्मिक र उत्कृष्ट रहेको कुरा यु-टूबमा दर्शकहरूले दिएको प्रतिक्रियाबाट पनि सजिलै बुझ्न सकिन्छ। 

 गायक विष्णु छेत्रीको आवाज रहेको आफ्नो मिठो स्वरले सम्पूर्ण कला प्रेमीहरूको मन जित्न सफल रहकाे छ। उहाँले निकै नै मेहनत गरेको कुरा प्रस्टैसँग बुझ्न सकिन्छ। गीतको मातृ प्रेम भाव अनुसार आफूलाई दरो सँग प्रस्तुत गरेका छन्।

साथै  गीतका रचनाकार विकास सुवेदीले निकै नै सुन्दर तरिकाले मातृ भाव पोख्न सफल रहेका  उहाँका हरेक शब्दहरूको छनौटले मातृ भूमि प्रति माया गर्ने हरूलाई भावुक बनाउने खालका रहेका छन् । 

यस गीतमा सङ्गीतकार सुभाष भुसालको सङ्गीत रहेको छ।  भिडियो आभास आचार्य प्रोडक्सनबाट निर्माण गरेको हो भने आभास आचार्य प्रोडक्सन मार्फत नै  यु-टूबमा सार्वजनिक गरिएको  हो ।   आभास आचार्यले गरेका  भिडियोमा निर्देशक आचार्यको उत्कृष्ट निर्देशकीय क्षमता देख्न पाइन्छ भने कथा पनि निकै नै मार्मिक ढङ्गले बुन्न सफल हुनु  भएको छ। सात समुन्द्र टाढा रहेर पनि नेपाली संस्कृति ,सङ्गीतमा उल्लेखनीय  योगदान गर्दै आएका छन् फ्रान्स को राजधानी पेरिस मा रहेर आभास आचार्यले। 

 देश प्रेमको भावनालाई समेट्दै हिमाल पहाड र हाम्रो गौरवको राष्ट्रिय पोसाक दौरा सुरुवाल ढाका टोपी अनि जय नेपाल गीतको भाव सुन्दर रुपमा पस्किन सफल  कथा पनि स्वयम् आचार्य कै रहेको छ । यस अघि पनि निर्देशक आचार्यले निर्माण गरेका उत्कृष्ट भिडियोहरु  यु-टूबमा देख्न पाइन्छ। 

भिडियोमा मुख्य प्रस्तुति महेन्द्र अधिकारी, सोनिया सिंह ठकुरी र कर्मा वाङ्गेल लामाको रहेको छ। लामो समय देखि फ्रान्समा हुने सांस्कृतिक कार्यक्रम हरूमा प्रस्तुति दिँदै आउनु भएका अधिकारी विभिन्न सङ्घ संस्थामा समेत सक्रिय रुपमा लाग्नु भएको छ।  यस अघि पनि केही सङ्ख्यामा म्युजिक भिडियोहरुमा कलाकार महेन्द्र अधिकारीलाई देख्न सकिन्छ। लामो समयको अन्तराल अर्थात् १२ वर्ष पछि भिडियोमा काम गर्ने अवसर पाउँदा खुसी लागेको कुरा कलाकार महेन्द्र अधिकारीले बताउनु भएको छ । युरोप बसाइको क्रममा नेपाली समाजमा सधैँ  देखिने कलाकार विष्णु क्षेत्री यस पटक यो भिडिओ मार्फत थप चर्चा र बधाईका पात्र  बन्न सफल हुनु भएको छ । 

गायक विष्णु छेत्रीको ‘जय नेपाल’ यहाँ हेर्न सकिन्छ 

प्रशान्त उप्रेती / पेरिस फ्रान्स