ज्ञानमित्र | साहित्य | भदौ ५, २०७७
आइतवार भएर हो कि कुनै अन्य कारण बस राघवको स्कुल विदा थियो। उनले बेखली माता मन्दिर जाने प्रस्ताव गरे। कुल्लूबाट झण्डै १२ किमी टाढा बेखली गाउँमा रहेको यो मन्दिर १५०० वर्ष पुरानो मानिन्छ। किम्वदन्ती छ- यस मन्दिरमा रहेको प्रतिमा जगननाथपुरीबाट ल्याइएको थियो। यो जगन्नाथी मन्दिरका नामले पनि विख्यात छ। मन्दिरमा देवी दुर्गाका अन्य अवतारका बिभिन्न स्वरुप कुंदीएका छन।
काठमा गरिएको कला दर्शनीय छ। ठूल्ठूला ओकका रुखले यहाँको सौंदर्य अनिवर्चनीय नै छ।
ओकका रुखले औलीको सम्झना आयो । औली भारतको उत्तराखन्ड राज्यको प्रसिद्द धार्मिक स्थल बद्रीनाथ पुग्नुभन्दा ४० -५० किमी पहिला रहेको जोशीमठको अग्लो डाँडा हो। यो डाँडा शीतकालीन खेलका लागि प्रसिद्द छ। सन् २००४ मा पहिलो पटक बद्रीनाथ जाँदा यस डाँडालाई भ्रमण गर्न म फर्किदा एक रात पुनः जोशीमठमा बसेको थिए। यहाँ गोल्डन ओकका विशाल रुख रहेको जंगल छ। शीत ऋतूमा यो पुरै डाँडा हिउँले सेताममे हुन्छ । अन्तरराष्ट्रीय 'आइस स्केटिंग' आयोजना गरिन्छ औलीमा। गहिरो इच्छा भए पनि शीत ऋतूमा कहिल्यै पनि औली जाने मौका मिलेंन।
कुल्लूमा भएर पनि अहिलेसम्म स्याऊका बगैचा हेर्ने मौका मिलेको थिएन। मैले होटलको एकजना केटासँग सोधे, नजीकमा स्याऊको बगैचा कहाँ छ ? उसले पुरानो कुल्लू (मनाली रोडमा जानुस भन्यौ। एक दिन म र राघव डुल्दै पुरानो कुल्लू मनाली रोडमा निस्कियौ। हामी अहिले पनि पकेटको तर्फबाट सर्वहारा नै थियौ। जर्मनबाट अलेक्सले पठाउने लक्ष्मी शायद अझै बाटोमै थिइन, अथवा आई सकेकी थिइन ज्ञात थिएन। कारण मैले ३ दिन देखि 'मेल' चेक गरेको थिइन। मैले ४-५ दिन पछि मेल चेक गर्ने निधो गरेको थिए, कथंकदाचित लक्ष्मी पठाइएको 'मेल' आएको छैन भने ३५ रुपैया खर्च हुन्थ्यो।
४-५ किमी हिडेपछि रोडको तलतिर एउटा स्याऊको बगैँचा देखियो,लटरम्म फलेको। दुबैजना तल ओर्लियौ, त्यहाँ रहेको युवकसँग स्याऊ खाने इच्छा व्यक्त गर्यौ। युवकले सयौ सीलबन्दी पेटी राखिएको ठाउतिर देखाउँदै 'जाइये जितना मर्जी हो खाइए' भने।
मैले अघि सरेर भने -मैले आजसम्म स्याऊ आफै टिपेर खाएको छैन , स्याऊ खानुभन्दा पनि मलाई आफ्नै हातले स्याऊ टिप्ने इच्छा ।
उनले हाँस्दै , 'जाइये जिस पेड़ से मन हो तोड़ लीजिये ' भने।
मैले र राघवले रुखका छेउ गई एउटा-एउटा स्याऊ टिप्यौं, बढी टिप्ने आँट आएन । कथंकदाचित उसले पैसा माग्यो भने आफत आई लाग्छ। स्याऊ टिपेर हामी युवकका छेउ आयौ।
'बस एक ही सेब तोडा ,आपको जितना मन हो ले लीजिये'।
'नहीं हो गया, सेब तोड़ने की इच्छा पूरी हो गई, आपका धन्यवाद'।
'यह क्या बात हुयी, आप सेब के बाग़ में आये और सिर्फ एक सेब लेकर जाएं ' भन्दै उनले दुइवटा पॉलीथिन ब्यागमा झण्डै ४-५ केजी स्याऊ राखेर दिए। हामी उनलाई एकपटक पुनः धन्यवाद भनी स्याऊ खादै फर्कियौं।
अझै कुल्लु पारीको नग्गर पुग्ने मन छ, जहाँ रसियन कलाकार निकोलस रोएरिचले आफ्नो सम्पूर्ण जीवन नै बिताए। मैक्लोडगन्जको दलाई लामा 'प्यालेस'लाई कसरी बिर्सिन सक्छु जहाँ मैले ध्यानको अर्को आयाम, 'कास्मिक एनर्जी' बारे साक्षात्कार गरे। भुंतरको त्यों स्नेहिल पन्जाबी परिवारका मुखिया मित्र भूषण उनका छोरी कनुप्रिया र मुक्तिको म प्रतिको उच्च आदर र सम्मान भावले मलाई सन्यास पथमा दृढ बनायो।
स्याऊको सीजनमा म कहिल्यै काश्मीर पुगेको छैन । तसर्थ त्यहाँको स्याऊको चर्चा मात्रै सुनेको छु । बाजारमा किनेर खाने स्याऊ र बोटबाट टिपेर खाने स्याऊको स्वादमा कुनै तुलना नै हुन सक्दैन। बोटबाट टिपेर खादा रसभरी खाए जति कै होश पुर्याउनु पर्छ ,नत्र टोक्दा स्याऊबाट निस्केको रसले तपाईको भित्री घाँटी मात्रै होइन बाहिरी घाँटी नै निथ्रुक्क हुन पुग्छ। लद्दाख ,उत्तराखन्ड , जोमसोम र कुल्लुमा गरी ४ ठाउमा मैले बोटबाट टिपेर स्याऊ खाएको छ। यी सबैमा कुल्लुको क्वालिटी नै सर्वश्रेष्ठ हो।
राघवले नवरात्रि भरी उपवास गर्ने भने, कुल्लुमा दशैंको विदा दशमीको एकदिन पहिलाबाट मात्रै हुने चलन रहेछ। हाम्रो प्लान बन्यौ,राघवले नवरात्रि भरी उपवास गर्ने, दशमीको दिन कुल्लुको दशहरा हेर्ने, एकादशीका दिन मणिकरण जाने र त्यहाँबाट ४००० मीटर माथी रहेको खीर गंगाको ट्रेक गर्ने र फिर्ता आएपछि एक दिन कुल्लु बसी सोझै दिल्ली जाने। मैले मान भारतीलाइ पनि प्लानबारे भने, उनले सहमति दिए।
चौथो दिन 'मेल' चेक गरे, मेरो नाममा ३०० 'यूरो, वेस्टर्न मनी ट्रान्सफर'बाट आएको रहेछ। नम्बर टिपेर 'क्यास' झिकी मिठाई र फलफूल किनी म गेस्ट हाउस आए। भोलीदेखि राघवको उपवास शुरू हुँदै थियो।
मेरो हातमा मिठाईको बट्टा र फलफूल हेर्दै राघवले सोधे -यह क्या मित्र, लगता है ४ पैकेट सिगरेट का पैसा उडा दिए ?
'अब पैसे की चिन्ता मत करो यार ! नारायण ने छुट्टी ली है मेरी सहायता के लिए लक्ष्मीजी को भेज दिया है'।
'तब तो इस ब्राह्मणका उपवास बड़े मजे से बीतेगा'।
'तो चलो पहले नारायण को भोग लगा आए' ।
रघुनाथ मन्दिर गई हामीले मिठाई र फलफूल अर्पित गर्यौ। त्वमेवं वस्तु गोविन्दम त्वमेवं समरपायमि ।
राघवले ९ दिनसम्म नै बिहान बिहान चण्डी पाठ गरे, उनको जस्तो यो पाठ मैले अरुको मुखबाट आजसम्म सुनेको छैन।
९ दिनसम्म नै हामी दुबै जनाले उपवास गर्याे । दशमीको दिन बिहान रघुनाथ मन्दिर दर्शन उपरान्त नास्ता गरेर उपवास तोड़्यौ।
रघुनाथजी कुल्लुका सर्वोपरि राजा हुनुहुन्छ । कुल्लुका गाउँगाउँमा रहेका सबै देवी देवता दशमीको दिन रघुनाथजीलाई भेट्न आउँछन । मन्दिरका पुजारी वर्गले डोली चढाई आफना देवमूर्तिलाइ रघुनाथजीको दर्शन हेतु ल्याउछन। कुल्लु वरिपरि रहेका सैयो गाउँबाट यस्ता डोली बिहानदेखि नै रघुनाथजी मन्दिर आउने क्रम शुरू हुन्छ।
दर्शन उपरान्त डोली गएर कुल्लुको दशहरा मैदानमा बस्छ। रघुनाथजी मन्दिरको कथा रमाइलो छह। कुल्लुका राज परिवारका कुनै पूर्वजलाइ असाध्य रोग लागेछ। जति उपचार गरे पनि निको भएन। एक रात उनले सपना देखे, अयोध्याबाट भगवान् रामको विग्रह ल्याई मंदिर बनायी स्थापना गरेमा उनको रोग निको हुन्छ। राजाज्ञाले अयोध्याबाट भगवान रामको विग्रह ल्याउन मानिस गए, तर अयोध्याले देवविग्रह दिन मानेंन र केही शीप नलागे पछि चोरी गरेर विग्रह क़ुल्लु ल्याइयो।
दशहरा मैदानमा ठूलो मेला लाग्छ,दिनहुँ हजारौं मानिस यहाँ प्रवासमा आएका देवी देवताको दर्शन गर्न भेला हुन्छन्। हिमाचल र उत्तराखन्ड देव भूमि नै हुन। यहाँका गाउँ गाउँमा विभिन्न स्थानीय देवी देवताका मन्दिर छन, धर्मका विभिन्न स्थानीय स्वरुप, संस्कृति र परम्परा छन्।
दशमीको भोलीपल्ट हामी योजना अनुसार मणिकरण गयौ। सिख धर्मको पवित्र स्थल हो मणिकरण। यहाँ सिख धर्मको एउटा ठूलो गुरुद्वारा छ जसले आगंतुकलाई खाने बस्ने सुविधा प्रदान गर्छ। तातो पानीको कुंड पनि छ यहाँ। हाम्रो पहिलो रातको खाने बस्ने सबै इन्तजम सित्तैमा भएको थियो।
मणिकरण देखि ८-१० किमीको यात्रा लोकल बसले गरेपछि खीरगंगा पुग्नलाई बाँकी सबै बाटो हिडेर पूरा गर्नु पर्ने थियो। हामीसँग खासै सामान थिएन, दुबै जनाको एक-एक जोर लुगा, टॉवेल बाहेक अरु केही हामीले बोकेका थिएनौं। राघवको इच्छाले गर्दा हामीले कुल्लु मै एउटा पसलबाट क्यामेरा भाड़ामा लिएर गएका थियो यस यात्रामा ।
बीच बीचमा पातलो बस्ती भेटिन्थ्यो, कही कही चिया पसल पनि थिए बाटोमा, उकालो चढ्न हामी दुबै जनालाई गह्रौ नै भइरहेको थियो। तर प्रकृतिको सानिध्यमा हामी रमाउदै हिडी रहेका थियो, झण्डै ४ बजेतिर हामी टुप्पोमा पूग्यौ। एउटा अस्थाई रेस्टुरेंट रहेछ यहाँ पाल त्रिपाल हालेर चलेको। ८-१० जना विदेशी गांजा र संगीतमा झुम्मि रहेका थिए। हामीले बिहानदेखि चिया बिस्किट बाहेक केही खाएका थिएनौ, यसै रेस्टुरेंटमा चिया चाउमीन खायौ।
खीरगंगाको त्यों 'हाइट' ४ हजार मीटरमा पनि एक जना सन्यासी आश्रम बनाएर बसेका थिए। उनीसँगग ८-१० वटा 'कॉटेज' थिए। हामीले एउटा 'कॉटेज' लियौ। काठका 'कॉटेज'मा बिस्तरा- खाट केही थिएन। 'कॉटेज'ले जनही ४ वटा कम्बल दियो, २ वटा ओच्छायाउने र २ वटा ओढ़ने। यहाँ पनि तातो पानीको ठूलो कुंड रहेछ। धेरै बेरसम्म कुंडमा बसी हामीले आनन्द लियौ।
आश्रमले सबै जनाका लागि खाने व्यवस्था पनि गर्याे । सामूहिक रुपमा पंक्तिमा बसेर भण्डारा खाएपछि म सञ्चालक सन्यासीको कुटियामा गए। उनी २० वर्षदेखि यस ठाउँमा बसेका रहेछन। हिउँ पर्न थालेपछि मणिकरण झर्दा रहेछन र बाँकी अवधि यसै ठाउँमा बस्दा रहेछन। यहाँ आएका पर्यटकले आश्रमको खर्च धानिन्थ्यो।
खीरगंगाबाट अर्को ट्रेक शिमला जाने थियो, झण्डै ८-१० दिनको लागि। एकजना इजरायली युवक र युवती यस ट्रेकमा जादै थिए, तिनले मलाई पनि शिमलासम्म जाने प्रस्ताव दिए, तर म प्रस्ताव स्वीकार गर्ने स्थितिमा थिइन ।
राति अति चिसो भयो, जाडोले जिउ नै तातेंन। उपायस्वरुप मैले र राघवले बेग्लै सुत्न छाडेर ४ वटा कम्बल ओछ्याइ र ४ वटा कम्बल ओढेर एउटै ओछ्यान बनाई रात काट्यौ।
बिहान हामीले छिट्टै नै खीरगंगाबाट प्रस्थान गर्यौं ,बेलुकीसम्म कुल्लु जे पुग्नु थियो। भाग्यले साथ दियो, चाहिने बेलामा नै सबै ठाउँमा बस तैयारी भेटिए, हामी बेलुकी ५ बजेतिर कुल्लु आई पुग्यौ।
आज हाम्रो कुल्लुको अन्तिम बसाई थियो, भोली दिल्लीका लागि प्रस्थान गर्नुछ। राघवको तलब स्कुल विदा हुनु पूर्व नै आई सकेको थियो। उधारी पसल र कोठाको हिसाब गर्न गर्यौं। कोठाको ५ हज़ार फिक्स नै थियो, खानाको पसलमा झण्डै ४ हजार पुगेको थियो, सबै चुक्ता गर्यौं।
मैले एक महीना पूर्व खजुराहोबाट चित्रकूट जादा टूरिस्टले ओढ़ने एउटा पातलो सूतीको शल किनको थिए, जुनमा सधै आफ्नो काँधमा हाली राख्थे । पसलकी युवतीले 'बाबाजी अपनी कुछ निशानी देते जाइये' भनिन।
म के दिउ भन्ने दोधारमा परे।
'अरे ज्यादा सोचिये मत, कोई बड़ी चीज नहीं चाहिए, यही शल दे दीजिये' उनले हाँस्दै भनिन।
मैले त्यों शल उनलाई ओढ़ाई दिए।
'आपने तो मुझे देवी मॉ बना दिया, अपने ही हातो से चुनरी ओढ़ा दी, आपका यह प्रसाद मै संभाल कर रखूंगी' उनले यो भन्दै गर्दा दक्षिणकालीको आमा मन्दिरमा आफुले हालीनाले पुरोहितिनीलाई किनेको सारी चढाएको दृश्य आँखा सामु झल्झली आयो।
आखिर संसार भाव प्रधान हो ,उनको सल माग्ने भाव र मैले ओढई दिदाको भाव जसरी पनि बुझ्न सकिन्छ। पति कै सामु अपरिचितसँग प्रयोग गरेको वस्तु माग्नु र अपरिचितले सामाजिक मर्यादा बिर्सेर पति कै सामु महिलालाई सल ओढाई दिनु समाजले पचाउन नसक्ने घटना हुन । तर ती महिलाको दिव्य भावले यस घटनालाई अनुपम दिव्य बनाई दिइन् । उनले सल ओढाउने कुरालाई देवीलाई चुनरी अर्पित गरेको झै सम्झी दिनुले उनको मात्रै प्रतिष्ठा बढाएन, मलाई पनि महिमामण्डित बनायो।
उनको पसलबाट फर्केर हामी धेरै बेरसम्म कुल्लुको दशहरा मैदानमा घूमी रह्यौ। मानो म कुल्लु र कुल्लुका स्मृतिलाई आफ्नो हृदयको गहिराईसम्म अंकित गर्न चाही रहेको थिए।
यसपछि धेरै पटक हिमाचल पुगे । महीनौ हिमाचलमा बसें । भुन्तर भन्दा अलिक वर व्यास नदी पारी सारटी भन्ने गाउँमा झण्डै तीन महीना लामो प्रवास गरे। मनाली घूमे,मनाली हुँदै लेह गएँ। धर्मशाला बसें, हिमाचलका विभिन्न गाउँ पुगे। तर यी सबै यात्रामा मसँग यथेष्ठ धन हुन्थ्यो। पहिलो हिमाचल भ्रमण जस्तो अनिश्चितता हुन्नथ्यो।
अझै कुल्लु पारीको नग्गर पुग्ने मन छ, जहाँ रसियन कलाकार निकोलस रोएरिचले आफ्नो सम्पूर्ण जीवन नै बिताए। मैक्लोडगन्जको दलाई लामा 'प्यालेस'लाई कसरी बिर्सिन सक्छु जहाँ मैले ध्यानको अर्को आयाम, 'कास्मिक एनर्जी' बारे साक्षात्कार गरे। भुंतरको त्यों स्नेहिल पन्जाबी परिवारका मुखिया मित्र भूषण उनका छोरी कनुप्रिया र मुक्तिको म प्रतिको उच्च आदर र सम्मान भावले मलाई सन्यास पथमा दृढ बनायो। १५-१७ वर्ष पहिलाको हिमाचल भ्रमणका सबै घटना मेरो स्मृतिमा स्पन्दित भइ रहन्छन ।
यो पनि
दक्षिणकाली मन्दिरमा 'फायर' पूजा अर्थात् होम अनुष्ठानको खेल
मुक्तिनाथ जस्तै त्रिलोकनाथ जहाँ शिव र बुद्ध एउटै मन्दिरमा विराजमान छन्
न कमला न कामास्वामी न वासुदेव , कलियुगको सिद्धार्थलाई सोझै नारायणदर्शन !
हर्मन हेस लिखित कमला खोज्दै नव सिद्धार्थ, मेरो पहिलो हिमाचल यात्रा