राष्ट्रकवि प्रति हार्दिक श्रद्धा सुमन

राष्ट्रकवि प्रति हार्दिक श्रद्धा सुमन

योगी कुलचन्द्र  |  साहित्य  |  भदौ ६, २०७७

राष्ट्रका कवि राष्ट्रिय भावमय हौं तिमी राष्ट्र कवि 
मुहार आमाको हसाँउने लिई उज्यालो स्वच्छ छवि 
गरेर देश दर्शन देश, विदेश सारा जग चेतनाको
अन्धकारमा उज्ज्यालोु छर्दै मानवीय   भावनाको 
                  १
नेपाली वीच मनमा सदा रहनेछौं अति पियारा कवि 
तिमी जिवन वांच्ने संघर्ष युगका प्रेरणका जीवन्त छवि
हृदयमा लागेको छ चोट धेरै नै राष्ट्र कवि  अस्ताउंँदा
तिम्रो कृर्ति साथ पढीरहें, चेतनाले धन्य क्षणहरु विताउंदा  
                    २
समकालिन साथीसंगी भए अल्पआयु लक्ष्मी प्रसाद,सम नै
राष्ट्र कवि सारा जीवन अर्पिएर  सृजना राखि जगत मै 
काव्य गौरी, मालती मंगले, हिमालपारी  हिमाल वारी
अश्वस्थामा, राजेश्वरी, शकुन्तला स्रष्टा जिवन्त  रही 
                    ३
लोकलाई व्युझाएर दिई उत्साह प्रेरणा उदाहरण जीवनको 
राष्ट्र कवि बाँचिरहन्छौं मनमा हिमाल,पहाड,तराई नेपालको 
चेतनाको पुञ्ज छर्दै ज्ञान ज्यातिको फैलाई सारा जगत नै 
लेखेर, देखेर, भोगेर एकसय दुई वर्षहरुको  समयलाई  नै 
                       ४
लाग्दैन,छैन विश्वास तिमीले यो धर्ति नै हौं छोडेको 
सारा नेपाली तन, मन, हृदयमा् तिमै्र तस्विर गढेको 
तिम्रो आत्माले शान्ति स्वर्गमा बास सदा  मिलोेस् 
तिम्रै कविचेतनाको ज्योतीले नेपाल फलोस फुलोस् 
                      ५
नेपाल नेपाली अस्तित्व सद्भाव, समभाव स्वप्न द्रष्टा 
राष्ट्रिय भाव, नेपाली साहिुत्य जगका हौं दिव्य स्रष्टा 
कवि तिमीलाई जुग जुग छ हृदय देखि हार्दिक नमन
हार्दिक श्रद्धान्जली अर्पण गर्दछु तिमीमा श्रद्धा सुमन 
                     अस्तु ।।