यात्रा

यात्रा

ईश्वरी सत्यम  |  साहित्य  |  भदौ ६, २०७७

यात्राको चरण अन्तिम तिर छ 
तयार बन घर जानलाई 
पोकापन्तरा बनिसकेकी ?
ढोका छेउ आईसके फर्काई लानलाई...

हिजो आज, भोलि भन्दै 
धेरै वर्ष बितिसकेछ 
मोह, मायाको घेरा भित्र सिमित 
जिन्दगीको पाहिला घिस्री सकेछ...

धेरै नै बॉकी परेछन् 
पछि गर्छु भनेर सोचेका कामहरु 
समयले किन पर्खि बस्दथ्यो र 
घन्टी दिदै हिडेछ देखाई शानअरु....

अबेरै भैसकेछ बिउझिन 
थातिपरेका काम बॉकी नै परे 
हिड्ने बेला भयो अब 
लग्ने पोका पन्तरा हलुका परे