घट्याे सुनकाे मूल्य

घट्याे सुनकाे मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ७, २०७७

काठमाडौँ । आज (भाद्र ७ गते आइतबार) सुन र चाँदी दुबैको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  ४ सयले घटेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस अघि शुक्रबार सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ । भने चाँदी  तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।