उपाध्यक्ष ढुंगेललाई कोरोना सङक्रमण पुष्टि

उपाध्यक्ष ढुंगेललाई कोरोना सङक्रमण पुष्टि

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ ७, २०७७

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण पुष्टि भएको छ । उहाँ गाउँपालिकामा कोरोना  रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र  सङक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आउनुभएको थियो ।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उहाँको स्वास्थ्यमा  समस्या देखिएपछि स्वाब परीक्षण भएको र  नतिजा पोजेजिभ  आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।  उपाध्यक्ष ढुंगेलको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहनुभएको बताइएको छ  । ' स्वास्थ्यमा खासै समस्या नरहेको छैन । घरैमा बसेर आराम गरिरहेको छु । छिट्टै कोरोनालाई जितर गाउँपालिकाको काममा फर्किने छु ।'उहाँले  भन्नुभयो ।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङक्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा  कोरोनाको सङक्रमण देखिएको थियो ।  जिल्लामा अहिले दुई जना सक्रिय कोरोना सङक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।