डिशहोमद्वारा सञ्चालित  सफ्ट अंग्रेजी गीत प्रतियोगिताका  उत्कृष्ट १० प्रतिस्पर्धी छनौट

ललितपुर । डिशहोमले सुरु गरेको डिजिटल  रेट्रो अंग्रेजी (Retro English)  सांगीतिक प्रतियोगिता  The Strings को दोस्रो राउण्डमा प्रवेश गरेकाे  डिशहोमले जानकारी दिएकाे छ  ।  

डिशहोमका अनुसार पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाउनु भएको मध्यबा  उत्कृष्ट  १० जना प्रतिस्पर्धी २०७७ भाद्र ६ गते छनौट  हुन सफल हुनु भएकाे हाे ।  सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईरालाले उत्कृष्ट १० जना छनौट गर्नुभएको हो । 

छनौट हुनुभएका प्रतिस्पर्धीहरु क्रमस दर्पन निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, म्रिनल मानन्धर, सदिक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई रहनु भएकाे छ ।

दोस्रो चरणमा पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनका लागि  प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ । तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड भइरहेकाे छ ।

विभिन्न समयमा डिशहोमले  सञ्चचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।

यस प्रतियोगीतामा सहभागी हुन ईच्छुक तर कारणवस सहभागीता जनाउन  नसक्नेहरुका लागि समेत  विभिन्न समयमासंचालन गर्ने Quiz, Gamesहरु मार्फत डिशहोमसँग जोडिनन समेत आग्रह गरेकाे छ ।