कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०७७

कोरोना भाइरसको संक्रमणबाट विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ । 

कोशी अस्पतालमा उपचाररत ६५ वर्षीय ती पुरुषको गएराति करिब ९ बजे मृत्यु भएको हो । विराटनगर महानगरपालिका–८ का ती पुरुष श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । 

उनको भदौ ४ गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ रिपोर्ट आएपछि कोभिड अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । 

मृतकका परिवारका २ वर्षीया नाबालिकासहित अन्य ३ जना समेत संक्रमित देखिएका छन् । मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा कोरोना संक्रमण देखिएको हो। उनीहरु सबै जना होम आइसोलेसनमा छन् ।