धरानस्थित कोभिड अस्पतालमा एक कोराेना संक्रमितको मृत्यु

धरानस्थित कोभिड अस्पतालमा एक कोराेना संक्रमितको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०७७

कोरोना भाइरसको संक्रमणबाट धरानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुष रहेका छन् । 

उनको आइतबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड–१९ अस्पतालमा मृत्यु भएको हो । साउन २९ गते अस्पताल भनाए भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ३० साउनमा कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । उनी धरानमा प्लाज्मा थेरापी गरिएका पहिलो बिरामी थिए । योसँगै प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।