राजु बाबू श्रेष्ठ र हरि लम्सालकाे 'माफ गर है निर्मला माफ गर' सार्वजनिक

राजु बाबू श्रेष्ठ र हरि लम्सालकाे  'माफ गर है निर्मला माफ गर' सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ८, २०७७

काठमाडाै‌ं । निर्मला पन्तकाे बलात्कार गरि हत्या गरिएकाे लामाे समयसम्म पनि उनले न्याय नपाएका सन्दर्भमा नेपाल प्रहरीका पूर्व एसपी तथा सर्जक राजु बाबू श्रेष्ठले निर्मलामाथि एउटा गीत लेख्नु भएकाे छ । जुन आज सार्वजनिक भएकाे छ । यसलाइ १२ नाेट्सले बजारमा ल्याएकाे हाे । 

गीतका शब्द यस्ता रहेका छन्  

माफ गर है निर्मला

माफ गर 

तिम्रै चित्कार गुन्जिरहन्छ वरपर 

यसमा स्वर संगीत भने हरि लम्सालकाे रहेकाे छ । सम्पादन लाेकेश भाटले  गर्नुभएकाे छ । 

यत्तिका समय बितिसक्दा पनि निर्मलाले न्याय पाउन नसकेका कारण यी शब्दले भए पनि केही मलम लगाउँ भनेर आफूले साे गीत लेखेकाे श्रेष्ठले बताउनु भयाे । यसले थाेरै भएपनि निर्मलालाइ न्याय दिनमा मद्दत गराेस र सम्बन्धित पक्षलाइ केही भएपनि दबाब हाेस भनेर आफ्नाे सृजना आएकाे पनि उहाँले बताउनु भयाे । 

उक्त गीत यहाँ हेर्न / सुन्न सकिन्छ 

https://www.youtube.com/watch?v=8x_jzQ5Yb1Y&feature=share&fbclid=IwAR3hFb6nGcSfJ818uvGywZUJ40f10DWMt2Un7BQhk2Vh19s2OYIfDb4uEFs