डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ८, २०७७

ललितपुर ।   डिस मिडिया नेटवर्कले डिसहोम ग्राहकहरुको लागि   १० दिन सम्म क्रेडिट सर्भिस दिने जानकारी  दिएकाे छ । 

डिस मिडिया नेटवर्कले २०७७ भदाै  ८ गते सोमबार  प्रेस विज्ञप्ती   जारी उपरोक्त जानकारी दिएकाे हो । नेटवर्क  आफ्ना  ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान गर्दै आएको  जनाएकाे छ ।

यस  सुविधा अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पुर्‍याएको  हाे । यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ । यो प्रक्रिया झँझट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने  जानकारी दिएकाे छ । 

डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई CREDIT CustomerID  टाईप गरि उक्त मेसेजलाई ३२५०० मा पठाउन सकिने र । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी तपाइँलाई मोबाइलमा प्रप्त हुनुका साथै  हुनेछ साथै Missed Call बाट  क्रेडिट सेवा लिन ९८०१११२२३३ मा Missed Call दिएर पनि थप १० दिनका लागि TV Signal  खुलाउन  सकिने जानकारी समेत  दिएकाे छ । 

यो सर्भिस सुचारु गर्नुको उद्देश्यकाे बारेमा विज्ञप्तीमा भनिएकाे छ - 'ग्राहकहरुलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु हो । यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस(सुविधा) अवधिको रुपमा उपलब्ध गराइनेछ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्याहुन सक्छ, उहाँहरु वास्तविक रुपमा लाभान्वीत हुनेछन् । यो सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।'

डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिने  कुरा प्रेस विज्ञप्ती उल्लेख छ । 

डिसहोमका अनसार  नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्थाहो । देशभर छरिएको बृहत्तर सर्भिस सञ्जालका साथ डिसहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवाप्रदानगर्दै आइरहेको  समेत जानकारी गराएको छ ।