बोक्साको आरोप लगाउने ६ जना पक्राउ

बोक्साको आरोप लगाउने ६ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ ९, २०७७

सिन्धुली । बोक्सीको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारका ३० वर्षीया हरिमाया वाईबा, २३ वर्षीय शुकबहादुर वाईबा, ५० वर्षीया फुलमाया वाईबा, २६ वर्षीया रजिनामाया वाईबा, २४ वर्षीय लाल भन्ने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—।८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाईबा रहेका छन् ।

सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीको आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामहादुर खत्रीले बताउनुभयो । पक्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्सीको आरोप लगाएको मुद्दामा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।