नेपाल कतारसँग पराजित

नेपाल कतारसँग पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ११, २०७५

काठमाडौं । एएफसी यु-२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । 

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ‘ए’ बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो । 

कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई–दुई गोल गरे भने एक गोल आत्मघाती भयो ।  खेलको २५औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत् गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर अनन्त तामाङले कतारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो । 

त्यस्तै खेलको ५३ औँ मिनेटमा कप्तान अल रावीले गोल गरे । खेलको ६० औँ मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गर्दै कतारको अग्रता ३–० को भयो । त्यसैगरी खेलको ७६ औँ मिनेटमा अल रावीले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५–० को सहज जित दिलाएको खबर राससमा छ ।