सीपीएलमा सन्दीप लामिछानेको जमैका तल्लावाजको दोस्रो जीत

सीपीएलमा सन्दीप लामिछानेको जमैका तल्लावाजको दोस्रो जीत

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १०, २०७७

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपालका सन्दिप लामिछाने आवद्ध रहेको जमैका तल्लावाजले दोस्रो जीत हात पारेको छ । गएराति भएको खेलमा जमैकाले गयाना अमेजन वारियर्सविरुद्ध ५ विकेटको जीत निकालेको हो । 

वारियर्सले दिएको १ सय ९ रनको चुनौती जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि नर्कुम्हा बोन्नरले अविजित ३०, ग्लेन फिलिप्सले २६, जेयरमेन ब्याल्क उड र आन्द्रे रसेलले समान २३ रन बनाए । 

बलिङतर्फ वारियर्सका नवीन उल हकले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । उसका लागि रस टेलरले २३, नवीन उल हकले २० र निकोलस पूरनले १५ रन बनाएका थिए ।  

जमैका तल्लावाजका लागि मुजीब उर रहमान, फिदील इड्रवासले ३–३ र सन्दीप लामिछाने र आन्द्रे रसेलले १–१ विकेट लिए ।